जनस्वास्थ्य सरोकार, पेरिस । कोरोना भाइरस संक्रमणबाट बच्न भन्दै फ्रान्स सरकारले शनिबार मध्यरातदेखि होटेल, रेस्टुरेन्ट, बार, सिनेमा हल, नाइट क्लबलगायत अत्यावश्यक वस्तुहरुका पसलबाहेक सबै अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । नागरिकहरुको स्वास्थ्यकालागि सकेसम्म आवतजावत र भेटघाटलाई कम गर्न यस्तो निर्णय लिइएको फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्ड बताएका छन्। सरकारी टेलिभिजनमार्फत शनिबार साँझ प्रधानमन्त्री एडुवार्डले यस्तो घोषणा गर्दै अस्पताल, फार्मेसी, पेट्रोल पम्प र खाद्य स्टोर भने खुला रहने बताए। फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमितको संख्या द्रुतगतिमा बढेपछि नियन्त्रण गर्न यस्तो निर्णय गर्नु परेको उनले बताए। फ्रान्समा आइतबार बिहानसम्म ९१ जनाको मृत्यु भएको छ भने चार हजार५ सय ब्यक्ति संक्रमित छन्। कोरोना भाइरस संक्रमणपछि रोजगारविहीन भएकाहरुमध्ये करिब ७० हजारले सरकारी भत्ताका लागि आवेदन दिएको फ्रान्सेली सञ्चारमाध्यमहरुले जनाएका छन्।होटेल, बार, सिनेमा, नाईटक्लब र अन्य पसलहरु बन्द गर्ने निर्णयले फ्रान्सेली सरकारलाई खर्बौंको भार थपिने भएको छ। ब्यापार बन्द गरेर बस्नुपर्ने व्यापारी, उध्योगीहरुका लागि सरकारले विशेष सहयोग घोषणा गर्ने बताए पनि खुलाइएको छैन । भाइरस संक्रमित हुने उच्च संभावना हुँदाहुँदै पनि सार्वजनिक स्थलमा मानिसहरु जम्मा हुन नछाडेकाले त्यसबाट एक अर्कामा अझ बढी संक्रमित हुन सक्ने डरले सरकारले यस्तो निर्णय गर्नुपरेको पनि प्रधानमन्त्री एडुवार्डले प्रस्ट पारेका छन् । फ्रान्सले यस अघिनै सोमबारबाट लागू हुने गरी सम्पूर्ण शैक्षिक संघसंस्थाहरु बन्दको घोषणा गरिसकेको छ। आइतबार घोषणा गरिएको स्थानीय तहको निर्वाचन भने जारी राख्ने फ्रान्सका प्रधानमन्त्री एडुवार्डले बताए। 'फ्रान्सेली नागरिकको प्रजातान्त्रिक अधिकार रक्षाका लागि यो निर्वाचन गर्नु सरकारको बाध्यता भएको' भन्दै फ्रान्सेली राष्ट्रपति एमानुयल माख्रोंले निर्वाचन जारी राख्ने बताएका थिए
।एजेन्सी
प्रकाशित मिति: आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
