जनस्वास्थ्य सरोकार, धनुषा । धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । आज बिहान ४ बजे जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलका जीतेन्द्र सदाको मदिरा सेवनले मृत्यु भएको वडाध्यक्ष जानकीराम साहले बताउनुभयो ।
त्यस्तै आजै बिहान ३ बजे लक्ष्मीनियाँ गाउँपालिकामा मदिरा सेवनले एक जनाको मृत्यु भएको छ । गाउँपालिका–५ का ३४ वर्षीय विश्वनाथ यादवको मृत्यु भएको हो । होलीका अवसरमा रक्सी खाएका बनारसी देवीको शुक्रबार साँझ र मिथिला सदा र झगरु सदाको शनिबार बिहान मृत्यु भएको थियो ।
क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयामा शुक्रबारसम्म १२ जनाको मृत्यु भइसकेको थियो । मृत्यु हुनेमा रामविलास मण्डल, शत्रुघन मण्डल, इन्द्रजीत महरा, ब्रह्मदेव यादव, गुदर महरा, रामनारायण महरा र निरस यादव छन् । धनुषाकै रूपैठा घर भई रमदैयास्थित ससुरालीमा बस्दै आएका राजु महराको पनि मृत्यु भएको छ । शत्रुघन मण्डलको शुक्रबार साँझ जनकपुरको सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । दुई साताअघि रमदैयासँगै जोडिएको मुसहर बस्तीमा मदिरा सेवनबाटै भुनटुन सदा, दसै सदा र विजय महराको मृत्यु भएको थियो । सबैको शुरुमा टाउको र पेट दुख्ने, बान्ता आउने, आँखा डम्म हुने र अन्ततः शरीर चिसो भएर मृत्यु हुने गरेको स्थानीयवासीले बताएका छन् । (रासस)
प्रकाशित मिति: आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
