जनस्वास्थ्य सरोकार, दार्चुला । दार्चुलामा आजबाट दादुरा–रुबेला खोप अभियान शुरु भएको छ । दुई चरणमा हुन लागेको अभियानअन्तर्गत पहिलो चरणमा ब्यास, दुहुँ, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकामामा अभियान शुरु भएको छ ।
जिल्लाभरिका १२ हजार ७१८ बालबालिकालाई दादुरा–रुबेला खोप लगाइनेछ । नौ महिनामाथिका र पाँच वर्षमुनिका बालबालिकालाई यो खोप लगाइनेछ । दादुरा तथा रुबेला रोग लाग्न नदिनका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप निरीक्षक वीरेन्द्र भट्टले जानकारी दिनुभयो ।
अभियानका लागि १३० स्वाथ्यकर्मी तथा २० स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । पहिलो चरणको अभियान चैत २ गतेदेखि चैत ८ गतेसम्म सञ्चालन हुनेछ । दोस्रो चरणअन्तर्गत चैत १० देखि १७ गतेसम्म जिल्लाको मालिकार्जुन, लेकम, अपि हिमाल, मार्मा गाउँपालिका र महाकाली नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । जिल्लाका ३६० खोप केन्द्रबाट बालबालिकालाई खोप दिइने छ ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
