जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिड–१९ का संक्रमितको उपचार गर्न हाल १ सय ५५ वटा आइसोलेटेड बेड तयार गरेको छ । त्यसका साथै २ सय ३५ वटा आईसीयू थप्ने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आइतबार राष्ट्रिय सभामा काठमाडौं उपत्यकाका तीनवटा अस्पतालमा आइसोलेटेड बेडसहित कोभिड–१९ संक्रमितको उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् । ‘संक्रमण देखिइहाल्यो भने ३ वटा अस्पतालमा केन्द्रित रहेर उपचार हुनेछ’ उनले भने, ‘उपत्यकामा १ सय २० वटा र उपत्यका बाहिर १ सय १५ वटा गरी थप २ सय ३५ वटा आईसीयू बन्दै छन् ।’ उनले औषधि र औजारहरू जोहो गर्न पनि थालिसकेको बताए । बैठकमा सांसदहरूले औषधि र खाद्यान्नको अवस्था, कालोबजारी नियन्त्रणको पहल, विद्यार्थीको पढाइ, सेल्फ क्वारेन्टाइन, तीनै तहका सरकारको समन्वयलगायत विषयमा प्रश्न गरेका थिए ।
मन्त्री ढकालले नेपालमा एक जनामा संक्रमण देखिएको र उनी पनि निको भइसकेको जानकारी दिए । ‘हामी संक्रमण नेपालमा छिर्नै नदिने गरी तयारीमा लागेका छौं र संक्रमण भइहाले उपचारमा कमी हुन दिने छैनौं,’ उनले भने । उनले कोभिड–१९ संक्रमण देखिए उपचारको जिम्मा राज्यले लिने बताए । उनका अनुसार मुख्य सचिव नेतृत्वको प्राविधिक समितिको बैठक प्रत्येक दिन ४ बजे बस्ने गरेको छ । सरकारले नेपाल र विदेशको जानकारी दिन दिनैपिच्छे स्वास्थ्य बुलेटिन पनि निकाल्ने गरेको जानकारी पनि उनले दिए ।
मन्त्री ढकालले विदेशबाट अत्यावश्यक रूपमा नेपाल आउनुपरे नेपालीले पनि ७ दिनको खकार जाँचको रिपोर्ट पेस गर्नुपर्ने बताए । ‘स्वस्थ प्रमाणित भए प्रवेश गराइने छ भने क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने छ,’ उनले भने
। कान्तिपुरदैनिकबाट
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
