जनस्वास्थ्य सरोकार, काठमाडौँ । अमेरिकामा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप परीक्षण गर्न लागिएको छ। बीबीसीका अनुसार अमेरिकाको सीयाटलमा सोमबार ४५ जना अमेरिकी स्वयंसेवीमा खोपको परीक्षण गर्न लागिएको हो। ती स्वयंसेवी कुनै पनि कोरोना संक्रमित भने होइनन्। उनीहरूले खोपको विभिन्न मात्रा सीयाटलको काइसर पर्मानेन्ट वासि टन हेल्थ रिसर्च इन्स्टिच्यूटमा लिने बताइएको छ। उक्त खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनए (mRNA) को सानो भाग भएको बताइएको छ। अमेरिकी सरकारको आर्थिक सहयोहयोगमा मोडेर्ना नाम गरेको निर्माताले खोपको निर्माण गरेको हो। यसअघि वैज्ञानिकहरूले जनावरमा खोप परीक्षण गरे पनि मानिसमा भने ६ महिना लाग्न सक्ने बताउँदै आएका थिए। एजेन्सी
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
