नेभिगेशन

चीनबाट फर्किएका डा. आचार्यले ‘कोरोनाभाइरस नियन्त्रण र रोकथाम’ बारे सरकारलाई बुझाए १२ बुँदे ज्ञापनपत्र [ज्ञापनपत्रसहित]

जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९) को उद्गम स्थल चीनको वुहान सहरबाट संक्रमित बिरामीहरुको उपचारमा संलग्न भएर नेपाल फर्किएका डा. रमेश आचार्यले ‘कोरोनाभाइरस नियन्त्रण र रोकथाम’ बारे सरकारलाई १२ बुँदे ज्ञापनपत्र बुझाएका छन् । उनले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल सरकारले कोरोनाभाइरस नियन्त्रणका अपनाउनुपर्ने सावधानीबारे तयार पारिएको ज्ञापनपत्र माननिय उपप्रधानमन्त्री ईश्वर पोखरेललाई बुझाएको जानकारी दिएका छन् । यस्तो छ ज्ञापनपत्र : १. सरकारले ‘कोरोनाभाइरस (कोभिड–१९) विरुद्ध जनताको संघर्ष’ नारा दिएर आफ्ना कामहरुलाई आन्तरिक रुपमा पुर्णतयारी गरेर सर्वसाधारणलाई डर र त्रासबाट पुर्णमुक्ति दिनका लागि सबैखालका सचेतना, सर्तकता र सुरक्षाको न्युनतम मापदण्ड ज्ञारेन्टी गरियोस् । सातैओटा प्रदेशका राजधानीमा आइसोलेसन वार्ड र कोरोनाभाइसर पिसिआर टेष्ट परिक्षण केन्द्र तत्काल स्थापना गरियोस् । २. भारत र नेपालमा रहेका १ सय २९ सिमा नाका र नेपालको अन्तर्राष्ट्रिय विमानस्थल कम्तिमा ३० दिनका लागि बन्द गरियोस् । ३. जुत्ताचप्पल खोली नाङ्गो खुट्टाले जानुपर्ने सार्वजनिक मन्दिर, गुम्बा लगायत धार्मिक स्थल, पार्क, विद्यालय, सिनेमाघर जस्ता मानिसहरुको भिडभाड हुने सबै स्थान र विवाह, व्रतबन्ध, पार्टी र संसदका सबै कार्यक्रमहरु कम्तिमा १ महिनाका लागि बन्द गरियोस् । ४. प्रत्यक नागरिकको तापक्रम नाप्नका लागि नयाँ मोबाइल एप्स निर्माण गरियोस् । बिहान र बेलुका उनीहरुको तापक्रम नापेर अनलाईनमा राख्ने र अवलोकन गर्ने व्यवस्था गरियोस् । यसकासाथै ज्वरो र रुघाका बिरामीहरुको उपचार गर्न फरक–फरक अस्थाई उपचार केन्द्रको व्यवस्था गरियोस् । ५.कोरोनाभाइसरको संक्रमणबाट मुटुरोगीको मृत्युदर १५, मधुमेह रोगीको १२, दम रोगीको ८, क्यान्सर रोगीको ७ र विश्वभरका संक्रमित मध्ये ४.७ प्रतिशत पुरुष र २.५ प्रतिशत महिलाको मात्र मृत्यु भएको तथ्याङ्क छ । मृत्यु हुने संक्रमतिको संख्या ३.७ प्रतिशत मात्र रहेको छ । ६. सबै अस्पतालका डाक्टर, नर्स, पारामेडिक्ट र सुरक्षा निकायलाई अनिवार्य कोभिड –१९ प्रोटेक्सन तालिम उपलब्ध गराई तयारी अवस्थामा राखियोस् । ७. स्थानियपालिकादेखि सबै जिल्लामा इमजेन्र्सी ट्रन्सफोर्स गठन गरी उपप्रधानमन्त्रीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गर्ने र आपतकालिन अवस्थाका लागि उद्धार टिम बनाउने र सातओटा प्रदेश र महत्वपुर्ण ठुला सहरका लागि फरक–फरक स्वास्थ्य इकाई गठन गर्ने व्यवस्था गरियोस् । ८.मन्त्रीपरिषद्का सदस्य, सांसद, उच्चपदस्थ व्यक्ति, सुरक्षाकर्मी, चाकल र जोखिम क्षेत्रमा खट्ने कर्मचारीहरु सबैले अनिवार्य एन ९५ मास्क लगाउने व्यवस्था गरियोस् । ९.घरबाट मास्क लगाइसकेपछि घरमा फिर्ता नहुनेबेलासम्म उक्त मास्क, मुख, नाक र आँखामा हातले नछुने नियम अनिवार्य लागु गरियोस् । सबै खालका औषधि, खाद्यन्त, इन्धन, मास्क र ह्यान्ड स्यानिटाइजर लगायत अत्यावश्यक वस्तुको सहज आपुर्ती र विपद्को समयमा यस्ता वस्तुका कालोबजारी रोक्नका लागि आपुर्ती मन्त्रीको संयोजकत्वमा सुरक्षाकर्मी सहितको उच्चस्तरिय समिती गठन गरी त्यसको उलङ्घन गर्नेलाई कडा भन्दा कारबाही गर्ने व्यवस्था गरियोस् । १०.बिगत २ हप्दा देखि हालसम्म बिदेशबाट नेपाल आएका सबै बिदेशी तथा स्वादेशी मानिसलाई सेल्फ आइसोलेसनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरियोस् । उनीहरुको शरीरको तापक्रम नापेर हरेक दिन अभिलेखराख्न लगाउने र नमानेको खण्डमा सुरक्षाकर्मी लगाएर कारबाही गर्ने व्यवस्था गरियोस् । ११. टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा एकदिनमा कम्तिमा २५ सय जना संकास्पद कोरोना संक्रमितको जाँचका लागी आवश्यक पर्ने र्यापिड टेस्ट पिसिआर उपलब्ध गराइयोस् । त्यसकालागि आवश्यक पर्ने दक्ष जनशक्तिको व्यवस्था गरियोस् । १२. सरकारले कम्तिमा ५ सय शैय्याको आइसियु, ५ हजार शैय्याको अस्थाई आइसोलेसन वार्ड तत्काल व्यवस्था गरियोस् । बिद्यालय देखि स्थानिय निकायसम्म विभिन्न किसिमका सञ्चारमाध्यमबाट कोरोनाभाइरसबारे जनचेतना फैलाउनुपर्छ । । यसकासाथै 'एक व्यक्ति एक साबुन' अभियान लागु गरेर  दिनमा कम्तिमा १० पटक साबुन पानीले राम्रोसँग हात धुन आह्वान  गर्नुपर्दछ  । चीनको हुवे प्रान्तको वुहानमा रहेको सी फुड मार्केटको जीवित प्राणी खरिद बिक्रि केन्द्रमा सन् २०१९ डिसेम्बर १ तारेखमा पहिलोपटक चमेरो र सर्पको आणुवंशिक क्रमवद्धता र आणविक संरचणासँग ८७ प्रतिशत मिल्ने मानवजातीमा देखा परेको ६ प्रकारका कोरोनाभाइरस मध्ये बिटा कोरोनाभाइसरमा अन्तर्गत पर्ने पहिलोपटक देखा परेको नयाँप्रजातीको कोरोणभाइरस हो । चीनिया वैज्ञानिकहरुले यसलाई नोवेल कोरोनाभाइरस २०१९ भनेका छन् । विश्व स्वास्थ्य संगठनले हालसालै कोभिड –१९ भनेर नयाँ नामाकरण गरेका छन् । कोरोनाभाइसरको संक्रमणबाट हालसम्म विश्वभरमा ६ हजार ५ सय १९ जनाकाले ज्यान गुमाइसकेका छन् भने करिब १ लाख ६९ हजारभन्दा बढी मानिसहरु संक्रमति भएका छन् । यो भाइसर हालसम्म १ सय ४२ देशमा फैलिसकेको छ । कोरोनाभाइसरको मुख्य स्रोत चमेरो र सर्प भएको भनिएता पनि यसबाहेक थुपै्र प्रकृतिक पशुपंक्षीको सम्पर्कबाट विश्वभरी नै फैलिएको पाइएको छ । चीनका राष्ट्रपती सिजीन पिङको सक्रिय सहभागिता र प्रत्यक्ष निगरानीमा यतिबेला चीनमा कोभिड –१९ नियन्त्रणमा आउने क्रममा छ । अबको २ देखि ३ हप्ताभित्रमा पुर्णरुपमा नियन्त्रणमा आइसक्ने अधिकारीहरुले बताएका छन् । तर विश्वका अन्य देशमा तिव्र गतिमा फैलिरहेको हुनाले आगमी जुलाई २०२० भन्दा अगाडी नियन्त्रणमा आउनसक्ने सम्भावना न्युन देखिन्छ । कोरोणभाइसरको संक्रमण भएका मध्ये ३.७ प्रतिशत संक्रमितको मात्र मृत्यु भएको डा. आचार्य बताउँछन् । विश्व स्वास्थ्य संगठनले नेपाललाई ११ उच्च जोखिमको मुलुक भनेर सावधानी र सर्तकता अपनाउन अपिल गरेको उनको भनाइ छ । उनी भन्छन् –‘हाम्रो छिमेकी मुलुक भारतमा समेत कोभिड १९ भाइरस संक्रमणका कारण दुई जना बिरामीको मृत्यु भइसकेको छ भने ९२ जनामा संक्रमण पुष्टी भएको छ ।’ हालसम्म नेपालमा १ जना संक्रमित बिरामी देखिएको र उनी पुर्ण रुपमा निको भएर फर्किसकेका छन् । कोभिड–१९ भाइसरको नियन्त्रण र सुरक्षाको अवलम्बनमा सर्तकता र संवेदनशिलता अपनाउन नेपाल सरकार पुर्णत सफल भएको मान्न सकिने अवस्था नभएको उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट