जनस्वास्थ्य सरोकार, इटहरी । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाको शाखाको रूपमा यहाँ बाल अस्पताल तथा पुनः स्थापना केन्द्र सञ्चालनमा आएको छ । रु ८३ लाख लागतमा निर्माण सम्पन्न भएका ती भवनलाई आवश्यक पर्ने आठ कठ्ठा तीन धुर जग्गा स्थानीय दिनेश रसाइली तथा उद्धव राईले प्रदान गर्नुभएको थियो ।
विकसित देशमा शारिरीक अपाङ्गता भएका बालबालिकालाई उपचार गर्ने प्रविधि यहाँ नै उपलब्ध हुने केन्द्रका संस्थापक प्राध्यापक डा अशोक बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ अपाङ्गता भएका बालबालिकाको उपचार तथा पुन ःस्थापनामा सबैको ध्यान जानुपर्छ ।”
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सोमबार यहाँ आयोजित कार्यक्रममा सो केन्द्रको उद्घाटन गर्दै केन्द्रलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । सो केन्द्रका शाखा अध्यक्ष दिनेश रसाइलीको भवन निर्माणका लागि सहयोग गर्ने नागरिक तथा समाजसेवीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
