जनस्वास्थ्य सरोकार । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुने संख्या ३ पुगेको छ । कोरोनाका कारण मंगलबार महाराष्ट्रमा ६४ वर्षका एकजना व्यक्तिको मृत्यु भएपछि भारतमा कोरोनाबाट ज्यान गुमाउनेहरुको संख्या बढिरहेको छ । भारतको स्वास्थ्य सेवा विभागले दिएको ताजा अपडेट अनुसार भारतमा कोरोना संक्रमितको संख्या १२८ पुगेको छ जसमा ३६ जना महाराष्ट्रका रहेका छन् ।
यसअघि १० मार्चमा कर्नाटकको कलबुर्गीमा ७६ वर्षका एक व्यक्तिको ज्यान गएको थियो । केही दिन पहिले रोजगारको सिलसिलामा गएका उनी सऊदी अरबबाट भारत फर्किएका थिए । यसैगरी मार्च १३ मा दिल्लीमा बस्ने ६९ वर्षकी एक महिलाको मृत्यु भएको थियो । उनको छोरा स्वीजरल्याण्ड र इटलीबाट भारतमा फर्केका थिए । उनमा कोरोना संक्रमित भएको पाइएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
