नेपाल बाहिर संयुक्त अरब इमिरेट्स (यूएई) र अस्ट्रेलियामा कोरोनाभाइरस सङ्क्रमण देखिएका तीनजना नेपाली नागरिकहरूमध्ये एकजना "भाइरसमुक्त भएको" र दुईजनाको "स्वास्थ्य अवस्था स्थिर रहेको" अधिकारीहरूले बताएका छन्। यूएई र अस्ट्रेलियास्थित नेपाली दूतावासका अधिकारीहरूका अनुसार उनीहरूले सङ्क्रमण भएकाहरूको नियमित स्वास्थ्यसम्बन्धी जानकारी लिइरहेका छन्। नेपालभित्र र बाहिर गरी हालसम्म चारजना नेपाली नागरिकहरूमा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि भएको छ। गत ज्यानुअरी दोस्रो साता चीनको वुहानबाट स्वदेश फर्किएका एकजना ३१ वर्षीय नेपालीमा सङ्क्रमण भेटिएको थियो। उनी पूर्ण स्वस्थ भएर घर फर्किसकेका छन्। त्यसयता नेपालमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छैन।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
