कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ। यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ। अझ चिन्ता र अब्सेसिभ कम्पल्सिभ् डिस्अर्डर (ओसीडी) जस्ता मानसिक स्वास्थ्यका समस्या खेपिरहेका धेरैलाई त्यस्ता समाचारले थप विचलित बनाइदिन सक्छ। यस्तो बेला हामीले आफ्नो मानसिक स्वास्थ्यको समस्या कसरी समाधान गर्न सक्छौँ? कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले मानसिक स्वास्थ्यको हेरविचार गर्न सल्लाह दिएपछि त्यो कदमलाई धेरैले स्वागत गरेका छन्। ब्रिटिश परोपकारी संस्था एङ्जाईटी यूकेका निकी लिड्बेटरका विचारमा अनियन्त्रित हुने र अनिश्चितता खेप्न नसकिने हो कि भन्ने अवस्थाको भयले मानिसको चिन्तासम्बन्धी मानसिक समस्यालाई अझै गम्भीर बनाइदिन सक्छ। त्यसैले अहिले चिन्ताजन्य मानसिक समस्या भोगिरहेका धेरैले अहिलेको अवस्थामा विभिन्न चुनौतीको सामना गरिरहेका छन्। यस्तो बेला आफ्नो मानसिक स्वास्थ्यको रक्षा कसरी गर्ने?
- आफूले पढिरहेको वा हेरिरहेको सामग्रीले तपाईँलाई राम्रो अनुभव भइरहेको छ कि छैन विचार गर्नुहोस्। समाचार हेर्ने र पढ्ने कुनै वैज्ञानिक समय रोज्नुहोस्
- विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुहोस्। किनभने यस्तोबेला धेरै मिथ्या समाचार र हल्ला फैलिरहेका हुन्छन्। सरकारी र स्वास्थ्य संस्थाका वेबसाइटहरू हेर्ने गर्नुहोस्
- ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालमा चिन्ता बढाउने सामग्री प्रकाशन गर्ने खाता पछ्याउन छोडिदिनुहोस्। तिनलाई म्यूट वा अन्फलो गरिदिनुहोस्
- भाइबर र ह्वाट्स्यापमा अरू पठाउने चिन्ताजनक लाग्न सक्ने सामग्रीलाई शान्त वा म्यूट गरिदिनुहोस्। तिनलाई बन्द गरिदिनुहोस्

L
५. तर आफूलाई धपेडी हुने काम नगर्नुहोस्
कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलिने क्रम जारी रहँदा आफूलाई अतिव्यस्त राख्ने वा थकाउने समय कम गर्नु आवश्यक हुन्छ। शान्त रहनुहोस्। माईन्ड नामक मानसिक स्वास्थ्यसंस्थाले यस्तो बेला मानिसहरूलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्ने, व्यायाम गर्ने, राम्रो आहारविहार गर्ने र पर्याप्त पानी पिइरहने सुझाव दिएको छ। एङ्जाईटी यूकेले चिन्ता हटाउन यस्ता सुझाव दिएको छ:- स्वीकार : मस्तिष्कमा अनिश्चितिता आउनेबित्तिकै त्यसलाई वास्तविकता ठानेर स्वीकार्नुहोस्
- विश्राम: तपाईँले सधै गर्ने जस्तो व्यवहार नगर्नुहोस्। कुनै प्रतिक्रिया नजनाउनुहोस्। विश्राम लिनुहोस् र आरामले सास फेर्नुहोस्
- नबहकिनुहोस्: सोचाइहरू वास्तविकता होइनन्, त्यसैले नबहकिनुहोस्
- परित्याग: सोचाइ र अनुभूति जसरी आउँछन् त्यसरी नै जान्छन्। तपाईँले केही गर्नै पर्दैँन। ती आफैँ आकाशमा बादल वा पानीका फोकाजस्तै हराउँछन्
- वर्तमान: अहिलेको क्षणमा रमाउनुहोस्। यो क्षणमा सबै राम्रै भइरहेको छ। आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुहोस्। आफ्नो धरातलतिर ध्यान दिनुहोस्। वरिपरिको वास्तविकता हेर्नुहोस्, सुन्नुहोस्, सुँघ्नुहोस् र तिनलाई बुझ्नुहोस्। यो क्षणमा। त्यसपछि आफ्नो ध्यान अर्कोतिर मोड्नुहोस् र आफूले के गर्नु पर्छ र के गर्दै हुनुहुन्थ्यो भनेर विचार गर्नुहोस्। वर्तमानलाई आत्मसात गरेर चिन्ता हटाउनुहोस्। ध्यानपूर्वक अरू केही गर्नुपर्छ कि भनेर विचार गर्नुहोस्। बीबीसी
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
