जनस्वास्थ्य सरोकार, काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्सिङ) परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। काउन्सिलले चैत ८ गते सञ्चालन गर्ने तयारी गरेको थियो। कोरोना भाइरसका कारण परीक्षा अर्को निर्णय नभएसम्मको लागि स्थगित गर्ने निर्णय भएको काउन्सिलका प्रवक्ता डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए। ‘नेपालको जनस्वास्थ्य तथा सम्बन्धित परीक्षार्थीको स्वास्थ्यलाई समेत मध्यनजर राखेर परीक्षा स्थगित गर्ने निर्णय गरिएको हो’, उनले भने। काउन्सिलको पूर्ण बैठकको निर्णय अनुसार परीक्षाको अर्को मिति पुन : सूचना प्रकाशित गरी जानकारी गराइने काउन्सिलले जनाएको छ।
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
