तथ्यमा आधारित उपचारका लागि ल्याब परीक्षण निकै महत्वपूर्ण मानिन्छ । शरीरबाट निकालिएका रगत एवं विभिन्न नमूना परीक्षणबाट निस्किएको नतिजाको आधारमा बिरामीको उपचार सुरु हुन्छ । यसरी सरकारी तथा निजी क्षेत्रबाट मुलुकमा थुप्रै प्रयोगशाला सञ्चालनमा छन् । वर्तमान समयमा क्लिनिकल प्रयोगशालाका समस्या, चुनौति, सम्भावना के के छन् त ?जनशक्तिको अभाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जनशक्तिको अभाव छ । प्रशासनतर्फ एक जना शाखा अधिकृत र दुई जना नायव सुब्बाले काम चलाउनुपर्ने बाद्यता छ । प्रशासनिक काम पनि प्राविधिक कर्मचारीबाट गराउनुपर्छ । उनीहरुलाई ल्याबको पनि जिम्मेजवारी छ । अनगुमन क्रियाकलापमा पनि ल्याब टेक्नोलोजिष्टलाई नै जिम्मा दिनुपर्छ । यद्यपी जनशक्तिको अभावमा अनुगमन कार्यमा पर्याप्त समय दिन सकिरहेको छैन । अहिले स्वास्थ्यका कर्मचारी समायोजनले झनै समस्या थोपरेको छ । समायोजनअन्तर्गत यहाँबाट सात जना कर्मचारी सात वटा प्रदेश एवं स्थानीय तहमा पदस्थापन भएर गएका छन् । तर उनीहरुको प्रतिस्थापनमा कर्मचारी आइसकेका छैनन् । करारमा कर्मचारी लिएर काम चलाइरहेकोमा अहिले त्यसमा पनि समस्या भएको छ । भर्खरै अर्थ मन्त्रालयबाट स्वीकृति लिएर रगत संकलनका लागि अहिले करारमा जुनियर तहका चार जना कर्मचारी नियुक्त गरेका छौं ।
ल्याब परीक्षणका लागि विरामीको बढ्दो चाप एकातिर छ भने अर्कोतिर ल्याबहरुको अनुगमन गर्नुपर्ने जिम्मेवारी पनि त्यत्तिकै छ ।सामान्य प्रशासन मन्त्रालयबाट माग भएको नयाँ अर्गानोग्राममा १०६ जनाको दरबन्दी प्रस्ताव गरिएको भएपनि अहिले काम अघि बढिरहेको छैन । अनुगमनका लागि दशौं तहका कर्मचारी हुनुपर्ने भएपनि आवश्यक जनशक्तिको अभावमा राम्रोसँग प्रयोगशालाहरुको अनुगमन हुन सकिरहेको छैन । करार आउट सोर्स सबै गर्दा अहिले केन्द्रमा ७६ जना कर्मचारी कार्यरत छन् । तर सरकारी दरबन्दीमा ५० प्रतिशत भन्दा धेरै कर्मचारी छैनन् । अधिकारमा विविधिकरण एकै ठाउँबाट तथ्यांङ्क सङ्कलन नहुने भएकाले मुलुकभर रहेका क्लिनिकल प्रयोगशालाहरुको संख्या भन्न सक्ने अवस्था छैन ।
हामीले पाँच तहमा प्रयोगशाला वर्गिकरण गरेको भएपनि दर्ता, नविकरण जिल्ला जनस्वास्थ्य कार्यालयले पनि स्वीकृति दिने, अस्पतालमा रहेका प्रयोगशालाहरुको स्वीकृति स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयको सम्यन्त्रले स्वीकृति दिने, प्रयोगशाला मात्र सञ्चालन गर्ने (स्टेन्ड एलोन) प्रयोगशालाहरु ए र बी वर्गका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वीकृति दिने भएकाले मुलुकभर रहेका क्लिनिकल प्रयोगशालाहरुको एकत्रित तथ्याङ्क छैन ।
कसको जिम्मेवारी ?
यो जिम्मेवारी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाअन्तर्गत हुनुपर्ने थियो । निर्देशिका ल्याउनेदेखि यसलाई व्यवस्थित गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नै अग्रसर हुनुपर्छ । निर्देशिकामा अरु निकायले अस्थायी दिने र त्यसैको आधारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्थायी प्रमाण दिने भन्ने उल्लेख भएपनि काम अघि बढिरहेको छैन । अहिले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वीकृति दिएका प्याथोलोजीहरुको सिरियल नम्बर र रजिष्ट्रेसन नम्बर हरेक प्रदेश पिच्छे उपलव्ध गराइरहेका छौं ।
घटुवा किन नगर्ने ?
वर्गिकरणमा परेका जुनसुकै प्रयोगशाला भएपनि नमुना परीक्षणबाट प्राप्त हुने नतिजाको परिणाम विश्वसनीय र भरपर्दो आउनुपर्छ । अनुगमनका क्रममा आफ्नो स्तर अनुसारको काम नभएको पाइए त्यसलाई घटुवा गर्न सकिने प्रावधान छ । कतिपय प्रयोगशालाहरुले अनुमतिको स्तर अनुसार काम गरेका छैनन् । अनुगमनमा अक्सरको गुणस्तर खस्केको पाइने गरेको छ । यद्यपी केही दिनको म्याद दिएर सुधार गर्ने मौका दिँदा दिँदै पनि नसुध्रिएमा स्तर झारिदिन्छौं ।
एकत्रित गर्ने तयारी
यही वर्ष अघिसम्म नेपालमा क्लिनिकल प्रयोगशालाहरु तीन हजारको संख्यामा रहेको अनुमान थियो । हामीले क्लिनिकल प्रयोगशालाको तथ्याङ्क उपलब्ध गराइदिन हरेक प्रदेशलाई पत्र काटेपनि तथ्याङ्क पाउन सकिएन । २०७३ सालमा निर्देशिका आएपछि मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुगमन शुरु भएको हो । आगामी वर्षदेखि विशेष कार्यक्रम बनाएर क्लिनिकल प्रयोगशालाहरुको तथ्याङ्क संकलन गर्दैछौं ।
प्रदेशमा काम
निदानात्मक सेवाका लागि हरेक प्रदेशमा जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्ने सरकारको नीति र कार्यक्रम अन्तर्गत अहिले सबै प्रदेशले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गर्दैछन् । यसप्रति सबै प्रदेश उत्साही देखिएका छन् । केन्द्रको सहकार्यमा प्रदेशमा स्थापना भएका प्रयोगशालाहरु स्वायत्त हुन्छन्् । सी र डि तहका प्रयोगशाला अनुगमनको अधिकार प्रदेशलाई सुम्पेका छौं ।
अनुगमन किन हुँदैन ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशिकामा बिरामीको स्वीकृति लिएर मात्र सम्बन्धित रोग पहिचानका लागि नमुना अन्यत्र पठाउनुपर्ने व्यवस्था छ । त्यसको रिपोर्ट पनि महिनै पिच्छे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पठाउनुपर्ने प्रावधान भएपनि कतिपयले एक वर्षमा पनि पठाउँदैनन् ।
विदेशमा नमूना परीक्षणका लागि ए र बी वर्गका प्रयोगशालाले मात्र पठाउन पाउने नीतिगत प्रावधान छ । विदेश पठाउने जाँचका लागि धेरै पैसा लिन पाइँदैन । तर कतिपय प्रयोगशालाहरुले विरामीलाई थाहै नदिई अन्यत्र नमुना पठाउने र अनेक बहाना बनाएर धेरै शुःल्क असुल्ने गरेको पाइएको छ । यसप्रति सजग र सचेत हुन जरुरी छ ।कमिसन होइन गुणस्तर पछिल्लो समय निजी प्रयोगशाला सञ्चालकहरु गुणस्तरप्रति सचेत हुने गरेका छन् । उनीहरुले राम्रो गर्न खोजेको देखिन्छ । तर विरामीको अवस्थालाई ध्यानमा राखेर उपचार र परीक्षण हुन सकेको छैन । कतिपय अवस्थामा प्रयोगशालाको व्यापार बढाउन पनि अनावश्यक परीक्षण हुने गरेको पाइन्छ ।
कमिसनको प्रलोभनमा कसैलाई पनि अनावश्यक परीक्षण गराउन हुँदैन । यो अपराध हो ।
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
टेक्नोलोजी अफ हेल्थ
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
कम्मर दुखाइलाई कम गर्ने सजिलो उपाय — सीटेड साल्सा
शुक्रबार, मंसिर १२, २०८२ट्रेन्डिङ
