जनस्वास्थ्य सरोकार । इटलीमा कोरोनाभाइरसले लगाउने कोभिड-१९ रोगका कारण एकै दिनमा झन्डै ५०० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। त्यो सङ्ख्या, चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम सङख्या हो। कोरोनाभाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ। विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन्। इटलीमा थप ४७५ जनाको ज्यान गएपछि कोभिड-१९ रोगका कारण मृत्यु हुनेको सङ्ख्या करिब ३,००० पुगेको छ।
प्रतिबन्धहरूको बेवास्ता
केही इटालेलीहरूले केही साताअघि लगाइएका आवतजावत प्रतिबन्धहरूको बेवास्ता गरिरहेका छन्। आन्तरिक मन्त्रालयका अनुसार मङ्गलवार जरुरी कामबिना बाहिर रहेका ८,००० मानिस समातिएका थिए। पहिलो दिनको तुलनामा त्यो सङ्ख्या चार गुणाले बढी हो। त्यहाँ निषेधाज्ञा अटेर गर्नेलाई जरिवाना वा तीन महिनाको कैद सजायको व्यवस्था छ। छिमेकी जर्मनीमा चान्सलर एन्गेला मर्केलले आफ्नो देशले अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको बताउँदै मानिसहरूलाई भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धहरूको पालना गर्न आग्रह गरेकी छन्। फ्रान्समा मङ्गलवारदेखि सबै मानिसलाई अत्यन्त जरुरी काम नभएसम्म आफ्नो घरमैँ बस्न आदेश दिइसकिएको छ।स्वास्थ्य सङ्कटकाल

यूएईद्वारा भिसा रद्द
संयुक्त अरब इमिरेट्स यूएईले भिसा वा प्रवेशाज्ञा पाएका सबै विदेशी अब दुई सातासम्म यूएई प्रवेश गर्न नपाउँने घोषणा गरेको छ। ८० लाख भन्दा बढी एशियाली तथा उत्तर अफ्रिकी आप्रवासी कामदार यूएईमा बसोबास गर्छन् । नयाँ नियमबाट कति जना प्रभावित हुन्छन् त्यो प्रस्ट छैन। एजेन्सी
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
