जनस्वास्थ्य सरोकार, जनकपुरधाम । कोभिड – १९ को जाँच गर्न प्रदेश नं २ का नेपाल भारत सीमानाकामा ‘स्वास्थ्य सहायता कक्ष स्थापना’ गरिएको छ । स्वास्थ्य निर्देशनालय अनुसार वीरगञ्जको रक्सौल, रौतहटको बैरगनिया, सर्लाहीको सोनवर्षा, महोत्तरीको भिठ्ठामोर र मटिहानी, धनुषाको जटही, सिरहाको माडर र ठाडी तथा सप्तरीको कुनौली र छिन्नमस्तालगायतका नाकामा ती कक्ष सञ्चालनमा ल्याइएको हो
यस्तै प्रदेशभित्रका अस्पतालमध्ये नारायणी, वीरगञ्ज अस्पताल, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराज, नेशनल मेडिकल कलेज वीरगञ्ज, जानकी मेडिकल कलेज जनकपुर र प्रादेशिक अस्पताल जनकपुरमा ‘आइसोलेसन वार्ड’को व्यवस्था गरिएको जनाइएको छ ।
निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा विजय झा प्रदेशभित्रका नाकाबाहेक बढी जमघट हुने स्थल जानकी मन्दिर, बसपार्क र विमानस्थलमासमेत स्वास्थ्य कक्ष राख्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
सो भाइरस रोकथामका लागि प्रदेशभित्र उच्चस्तरीय अनुगमन तथा तत्काल सहायताका लागि विज्ञ चिकित्सक, प्रदेशस्तरका विश्वस्वास्थ्य सङ्गठन, राष्ट्र सङ्घीय जनसङ्ख्या कोष र राष्ट्र संघीय बालकोष सहितका प्रतिनिधिको समिति पनि गठन गरिएको बताइएको छ । भाइरस सङ्क्रमण आशङ्का लागेका व्यक्तिका लागि क्वारेन्टाइन स्थापनाका लागि स्थानको खोजी भइरहेको पनि जनाइएको छ । रासस
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
