परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाभाइरस नेपाल भित्रिन नदिनका लागि अबको २७ दिनसम्म नेपालीहरू समेत नेपाल भित्रन नपाउने स्पष्ट पारेका छन्। तर मानवअधिकारकर्मीले सरकारको यो कदमले नेपाली जनताको मौलिक हक हनन गरेको बताएका छन्। कोरोनाभाइरसको सम्भावित सङ्क्रमण रोक्ने प्रयास स्वरूप भन्दै सरकारले बुधवार गरेको निर्णयमा आवत जावत रोक्ने भनेको थियो। परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको उक्त निर्णय कोरोनाभाइरससँग लड्न महत्त्वपूर्ण रणनीति भएको बताए।
'रोकथामका लागि'
यसको अर्थ मार्च २० देखि अप्रिल १५ सम्म विदेशमा रहेका कोही पनि नेपालीहरू स्वदेश फर्कन पाउने छैनन्।'यो नेपालीलाई लक्षित गरेको ल्याइएको निर्णय होइन। कोरोनाभाइरसबाट प्रभावित मुलुकहरूबाट सबैखाले यात्रुहरूको आवतजावतमा बन्देज लगाएका छौँ,'परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। उनले "यस्तो अवस्थामा भावनात्मक नहुन" आग्रह गर्दै "सबैले आफ्नो तवरबाट कोरोनाभाइरसको रोकथामका लागि सहयोग गर्नुपर्ने" तर्क गरे। "युरोपको सन्दर्भमा भन्नुहुन्छ भने हामीले चाहेर पनि त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश ल्याउन सक्दैनौँ किनभने त्यहाँको सरकारले सबैलाई यात्रा प्रतिबन्ध लागाएको छ," उनी भन्छन्।ज्यादै समस्याग्रस्त अवस्थामा भने सरकारले केही वैकल्पिक व्यवस्था गर्ने आश्वासन मन्त्री ज्ञवालीले दिए।
'नेपालीहरू स्वदेश आउन नपाउनु देश निकाला गरिनु हो'
सरकारले नेपालीहरूलाई स्वदेश फर्कन लगाइएको प्रतिबन्धलाई अधिकारकर्मीहरूले र्मानवअधिकार हनन भएको र उनीहरू 'देश निकाला' गरिए बराबर भएको बताएका छन्। मानवअधिकार आयोगका एक सदस्य प्रकाश वस्ती भन्छन्, "सरकारको यो निर्णयले विदेशमा भएका नेपाली नागरिकको मानव अधिकार र संवैधानिक अधिकारको हनन भएको छ।" "विदेशमा रहेका कुनै पनि नेपाली नागरिकलाई जतिबेला पनि स्वदेश फर्कन पाउँछु भन्ने अधिकार हुन्छ। कुनै पनि स्थितिमा देश फर्कन नपाउने नियम ल्याउनु भनेको देश निकाला गरिनुजस्तै हो," उनी भन्छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहिबार गरेको यो निर्णयमा नेपलीहरू स्वदेश फर्कन नपाउने भएपछि सामाजिक सञ्जालमा समेत सरकारको टिप्पणी भइरकेको छ।सामाजिक सञ्जालमा चर्को आलोचना
पत्रकार अखिलेश उपाध्यायले आफ्नो ट्विटरमा लेखेका छन्: जरूरी भए आफ्ना नागरिकालाई क्वारेन्टीनमा राख तर उनीहरूलाई आफ्नो घर फर्कन रोक्न सक्दैनौ, सक्छौ र? कि मैले केही देखिरहेको छैन? यसैगरी डा. सूर्यराज आचार्यले ट्वीटरमा नागरिक आफ्नो देश फर्कन नपाए कहाँ जाने? भन्ने प्रश्न गरेका छन्।बीबीसी
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
