इटलीमा कोरोनाभाइसका कारण एकै दिनमा ४२७ जनाको ज्यान गएपछि त्यहाँ कोभिड-१९ रोगका कारण मृत्यु हुने बिरामीहरूको सङ्ख्या अन्य देशहरूको तुलनामा सबैभन्दा बढी पुगेको देखिएको छ। इटलीमा मृत्यु हुनेको सङ्ख्या ३,४०५ पुगेको अधिकारीहरूले जनाएका छन्। त्यो सङ्ख्या गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो। चीनमा अहिलेसम्म ३,२४९ जनाको ज्यान गएको बताइएपछि तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्नहरू उठी नै रहेका छन्।
नयाँ निर्देशन
मार्च १२ तारिखदेखि इटलीमा मानिसहरूलाई बाहिर निस्कन लगाइएको प्रतिबन्ध अब मार्चको अन्त्यसम्म नै लागु गरिने भनिएको छ। लगभग पूरै इटलीका मानिसहरूलाई घरभित्रै बस्न आदेश दिइएको छ। तर त्यस्तो कदम चाल्दा पनि सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या बढि नै रहेको छ। विश्वभरि २४०,००० भन्दा बढी व्यक्ति भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने ९,८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। चीनले बुधवार पहिलो पटक कुनै पनि नयाँ सङ्क्रमण नभेटिएको जनायो। तर बाहिरबाट चीन भित्रिने ३४ जनामा सङ्क्रमण पाइयो। चीनमा सङ्क्रमितहरूको सङ्ख्या ८१,००० रहेको छ, जुन इटलीको ४१,०३५ भन्दा धेरै बढी हो।इटलीमा के हुँदैछ?
इटलीका सबै व्यापार व्यवसायहरू बन्द गरिएका छन् भने त्यहाँ मार्च १२ देखि नै देशैभरि सार्वजनिक भेलाहरू निषेध गरिएका छन्। त्यहाँ मानिसको जमघट रोक्न विद्यालय र विश्वविद्यालय, रेस्टुराँ, मदिरालय र पसलहरू बन्द गरिएका छन्। प्रधानमन्त्री जुजेपे कोन्तेले देशको समग्र "प्रणाली धरासायी हुनबाट रोक्न" मानिसहरूलाई बाहिर निस्कन निषेध गरिएको अवधि थप गरिएको बताएका छन्। उनले एक पत्रिकासँगको कुराकानीमा निषेधहरू अन्त्य गरेपनि इटली "छिट्टै पहिलेजस्तो अवस्थामा फर्किन सक्ने अवस्थामा नरहेको" बताए। उत्तरी इटलीका तीन वटै क्षेत्र कोरोनाभाइरसबाट अत्यधिक प्रभावित भएको एक अध्ययनले देखाएको छ। केही अध्ययनले इटलीका प्रभावित क्षेत्रहरूमा ठूलो सङ्ख्यामा ज्येष्ठ नागरिकहरू रहेको र उनीहरूसँगै ठूलो अनुपातमा १८ देखि ३४ वर्ष उमेर समूहका मानिस उनीहरूसँग घरमा बस्ने गरेको देखाएको छ।बीबीसी
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
