जनस्वास्थ्य सरोकार, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले कोभिड–१९ बाट आतङ्कित नहुन आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश अस्पतालका चिकित्सकसँग आज यहाँ भएको छलफलमा उहाँले कोरोना भाइरसबाट त्यत्ति डराइहाल्नु नपर्ने तर होसियारी बन्न सुझाउ दिनुभयो । “ यससँग जुध्न मनोबल बलियो बनाऔँ”, उहाँले भन्नुभयो, “विश्वभरि लोकप्रिय बन्दै गएको ‘नमस्ते’ नेपाली मौलिक अभिवादनमा जोड दिउँ ।”
कोरोनाबारे सचेतना, रोकथाम, अध्ययन तथा अनुसन्धानका लागि विश्वविद्यालयको महत्वपूर्ण भूमिका हुने उपकुलपति प्राडा सिंहले बताउनुभयो । विश्वविद्यालयको जनशक्तिलाई नागरिकस्तरमा सचेतना जगाउनका साथै अनुसन्धानमा जोड दिन निर्देशन गरिएको उहाँले जानकारी दिनुभयो ।
वरिष्ठ फिजिसियन डा केएन पौडेलले कोरोनाबाट बच्न रुघाखोकी लागेका मान्छेबाट दुई÷तीन मिटर टाढा बस्न सुझाउनुभयो । “हातमुख राम्रोसँग धुनु, अनावश्यकरूपमा घरबाट बाहिर ननिस्कनु पनि यो रोग लाग्नबाट बच्ने उपाय हो”, उहाँले भन्नुभयो, “धेरै भीडभाड गर्ने र हात मिलाउने काम पूर्णरुपले बन्द गर्न सके हामी यो रोग सङ्क्रमण हुने समस्याबाट बच्छौँ ।” (रासस)
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
