‘ल्याव रिपोर्ट फरक आयो’ भनेर विवाद हुने गरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । तर त्यसमा प्याथोलोजिष्टको मात्र भूमिका हुँदैन । कतिपय परीक्षण बिरामीको क्रियाकलापमा भर पर्छ । अस्पतालमा दैनिक सयौं नमूना परीक्षण हुने भएकाले ‘दोहोरिएर सोच्नु नपरोस्’ भनेर डबल चेकअपको व्यवस्था मिलाइएको हुन्छ ।
एक हजार व्यक्तिको नमुना परीक्षणमा दश जनाको रिपोर्टमा तलमाथि भएमा दश जनाको रिपोर्टलाई मानक बनाउन हुँदैन । ‘एउटा प्याथोलोजिष्टले कसरी काम गर्छ’ र ‘ कुन विधि अपनाएको छ ?’ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।
बिरामीको अवस्था अनुसार आफूलाई शंका लागेमा दोहो¥याएर परीक्षण गर्नुपर्छ । रिपोर्ट फरक आउनमा बिरामीको खानपान र जीवनशैलीले ठूलो भूमिका खेलेको हुन्छ । जस्तैः रगतको नमूना लिँदा उसले के खाएर आएको छ ? भन्ने कुराले पनि महत्व राख्छ । थायराइडको नमुना परीक्षण गर्दा बिहान, बेलुका र दिउँसोको रिपोर्ट फरक आउँछ । कुनै नमुना खाली पेटमा दिनुपर्छ भने कुनै खाना खाएर । त्यस्तै कुनै चाँही औषधि खाएर । त्यसैले विरामीले यी माथिका कुरा अनुशरण गरेमा मात्र ल्याब रिपोर्ट र उपचार दुवै सही हुन्छ र विदेशमा महँगो खर्च गरेर जान जरुरत पर्दैन ।
गुणस्तर परीक्षण ?
गुणस्तर कायम नगरी ल्याबमा परीक्षण हुँदैन । हरेक दिन काम सुरु गर्नुभन्दा पहिला उपकरणको अवस्था थाहा पाउन क्वालिटी कन्ट्रोल परीक्षण गरेर मात्र नमुना परीक्षण सुरु हुन्छ । यसो गर्दा गर्दै पनि कहिलेकाँही ल्याब रिपोर्टमा इरर आएमा व्यक्तिको खानपान र जीवनशैली गडबड हुनसक्छ । त्यसैले हरेक विरामीले आफ्नो विगतको समस्या र वर्तमानको अवस्था चिकित्सकलाई अवगत गराउनुपर्छ । यसका साथै कुनै अस्पताल वा ल्याबले परीक्षणका क्रममा आवश्यक विधि र प्रक्रिया अवलम्बन गरेनगरेको कुरामा पनि ध्यान दिनुपर्छ ।
अरु कुरा त सबै विरामीमै भरपर्ने कुरा हो । यसको अनुगमन गर्ने सरकारी निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला छ । यसले पनि यी कुराको अनुगमन गरिरहेको छ । र यसलाई अझ बढी नै अनुगमन गरोस् । स्वचालित मेशीन÷उपकरण आएका छन् अहिले हामीले हातले गर्नुपर्दैन । तर हामीलाई यति राम्रोसँग काम गर्दा पनि कुरा नबुझी गाल पाउँदा भने दुःख लाग्छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
५ सय बिरामीको परीक्षण गर्दा ७० प्रतिशतमा उच्च रक्तचाप
बिहीबार, पुस ३, २०८२
नसर्ने रोग तथा मानसिक स्वास्थ्य नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघको प्रतिबद्धता
बिहीबार, पुस ३, २०८२
स्वास्थ्य मन्त्री डा. सुधा गौतमद्वारा इण्डियन फर्माकोपिया कमिसनको भ्रमण
बिहीबार, पुस ३, २०८२
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. भुवन पौडेल नियुक्त
बिहीबार, पुस ३, २०८२
पार्टी प्रवेशको हल्ला निराधारः डा. दिपेन्द्र रौशनको स्पष्टिकरण
बिहीबार, पुस ३, २०८२ट्रेन्डिङ
