नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममार्फत आफ्ना कर्मचारीहरुसँग धन्यवाद ज्ञापन गरेकी छन्। यस कार्यक्रममा मन्त्रालयका उच्च अधिकारीदेखि कर्मचारीसम्मले उनको कार्यकालप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रमपछि डा. गौतम सोमबारदेखि मन्त्रालयको दैनिक कामकाजमा सहभागी हुनु भएन। उनका सचिव यमुना सापकोटाका अनुसार मन्त्रीले ‘अत्यावश्यक काम परे बोलाउनु, नत्र म आउँदिन’ भन्दै कार्यालय छाडेकी थिइन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पनि उनी अनौपचारिक रूपमा विदा भएको पुष्टि गरेका छन्।
डाक्टर गौतमले निर्वाचनपछि ठूला नीतिगत निर्णय नगरेकी बताइएको छ। निर्वाचनको आचारसंहिता लागू भएपछि मन्त्रालयमा कुनै नयाँ दीर्घकालीन योजना वा नीतिगत खाका कार्यान्वयन गरिएको छैन।
हिजो, मन्त्रीको अनुपस्थितिमा मन्त्रालयका प्रमुख सचिव डा. विकास देवकोटाले राष्ट्रिय क्षयरोग केन्द्र र वाटर एड नेपालको आयोजना भएका कार्यक्रमहरुको जिम्मेवारी सम्हालेका थिए।
यसैगरी, प्रधानमन्त्री सुशीला कार्की र केही अन्य मन्त्रीहरु पनि आगामी नयाँ सरकार घोषणा नहुँदासम्म अनौपचारिक रूपमा कार्यालयबाट विदा भएका छन्।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
