नेपाल हेल्थ न्युज, दाङ । दाङको घोराहीमा सञ्चालनमा रहेको ३०० शय्याको सञ्जीवनी टिचिङ हस्पिटलले अब एमआरआई सेवा पनि सुरु गरेको छ। अस्पतालले अत्याधुनिक उपकरणहरू थप्दै आफ्नो सेवा विस्तार गरेको जनाएको छ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाका अनुसार, माघ महिनाको अन्त्यदेखि सञ्चालनमा आएको यस शिक्षण अस्पतालमा हाल एमआरआईसहित सबै प्राविधिक र प्रशासनिक सेवा पूर्ण रूपमा सुचारु भइसकेका छन्।
एमआरआईसँगै अस्पतालमा सिटी स्क्यान, डिजिटल एक्स–रे, मेमोग्राफी, अल्ट्रासाउन्ड, इसिजी, इकोकार्डियोग्राफी, एन्डोस्कोपी तथा कोलोनोस्कोपीजस्ता सेवा पनि उपलब्ध छन्।
त्यसैगरी, यहाँ जनरल फिजिसियन, हाडजोर्नी (अर्थोपेडिक्स), स्त्री तथा प्रसूति रोग, सामान्य शल्यक्रिया, मानसिक स्वास्थ्य, छाला रोग, बालरोग, पाचन प्रणालीसम्बन्धी रोग, मुटुरोग, कान–नाक–घाँटी, दन्त तथा नेत्र सेवाजस्ता विशेषज्ञ सेवा प्रदान गरिँदै आएको छ।
अस्पतालले मिर्गौला डायलाइसिस र फिजियोथेरापी सेवा समेत उपलब्ध गराउने जनाएको छ। करिब चार अर्ब रुपैयाँको लगानीमा निर्माण भएको यो अस्पताल पाँच बिघा क्षेत्रफलमा फैलिएको छ, जहाँ नौ वटा आधुनिक भवनहरू निर्माण गरिएको छ। अस्पतालले विशेषज्ञ चिकित्सकमार्फत सेवा दिइरहेको व्यवस्थापन पक्षले जनाएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
