जनस्वास्थ्य सरोकार , भीमदत्तनगर । कोराना भाइरस ९कोभिड–१९०बाट सतर्कता अप्नाउन स्वास्थ्य परीक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले यहाँका विभिन्न जिल्लाका १८ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ ।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार दार्चुलाको खलंगा, दत्तु, जोलजीवी, छाडरु र ब्यासमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । त्यसैगरी बैतडीको झुलाघाट नाका, कैलालीको त्रिनगरनाका, खक्रौला, भजनीको बनियाघाट र लालबन्दी, चिसापानी र धनगढी बिमानस्थल गरी छ स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको मन्त्रालयका सूचना अधिकृत हेमराज खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार कञ्चनपुरको महाकाली नगरपालिकाका दुई स्थानमा, ब्रह्मदेव, गड्डाचौकी र बेलौरी नाकामा हेल्थ डेस्क स्थापना गरी सञ्चालमा आइसकेको छ । कोरोना भाइरस ९कोभिड–१९० को आशङ्का लागेका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि नौवटै जिल्ला अस्पतालमा आइसोलेसन कक्ष निर्माण समेत गरिएको छ ।
शङ्कास्पद बिरामीलाई आइसोलेसन कक्षमा निगरानीका लागि राखिने छ । त्यसका लागि अलगै स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको सूचना अधिकृत खड्काले बताउनुभयो । “सरकारी र निजी अस्पताल गरेर ५७ आइसोलेन बेड तयारी अवस्थामा रहेका र सेती प्रादेशिक अस्पताल तथा महाकाली अस्पतालमा दुई÷दुई भेन्टिलेटरसहितका श्ययाको तयारी गरिएको छ”, उहाँले भन्नुभयो, “भारतबाट आउने मानिसको तापक्रम परीक्षण तथा निगरानी गरी सीमा क्षेत्रमा रहेका हेल्थ डेस्कमा थर्मल स्क्यानरका माध्यमबाट जाँचपछि मात्रै नाका प्रवेश गर्न दिइएको छ ।”
त्यसैगरी कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक दुईदेखि तीन हजारको सङ्ख्यामा नेपाली स्वदेश फर्किरहेका छन् । भारतका विभिन्न प्रदेशमा कोरोनाको सङ्क्रमण देखिएपछि त्यहाँ रहेका नेपाली सतर्कता अपनाउँदै घर फर्किने क्रम बढेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । गड्डाचौकीमा रहेको हेल्थ डेस्कमा ३२ हजार १६२ को स्वास्थ परीक्षण गरिसकिएको छ ।
त्यसैगरी कोरोना भाइरसकै कारण भारतको उत्तराखण्डमा लाग्ने पूर्णागिरि मेलासमेत स्थगित गरिएको छ । पूर्णागिरि माताको दर्शन गरेपछि कञ्चनपुरको ब्रह्मदेव र महेन्द्रनगर बजारमा रहेको सिद्धबैजनाथ मन्दिरमा दैनिक हजारौँ भारतीय दर्शनार्थी आउने गरेका थिए । (रासस)
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
