जनस्वास्थ्य सरोकार, मेलम्ची । कोरोना भाइरस (कोभिड–१९) को उच्च सतर्कता अपनाउँदै सिन्धुपाल्चोकका सात स्थानमा आइसोलेसन वार्ड स्थापना गर्ने तयारी थालिएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे, जलवीरे र मेलम्चीसहित अन्य तीन स्थानमा आइसुलेसन वार्ड सञ्चालनमा ल्याइने बताउनुभयो ।
“बाह्रबिसेमा एक श्ययाको आइसुलेसन वार्ड सञ्चालनमा ल्याई सकिएको छ, अन्यत्र केही दिनभित्रै सञ्चालनमा ल्याउँछौँ”, चापागाईंले भन्नुभयो । जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, गैरसरकारी संस्थालगायत सरोकारवाला निकायसँगको बहुपक्षीय र संयुक्त बैठकको छलफलपछि स्वास्थ्य कार्यालय आइसोलेसन वार्डको तयारीमा जुटेको हो । चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौर, त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली र पाँचपोखरी थाङपाल गाउँपालिकाको तिपेनीमा धेरै श्यया क्षमताका आइसोलेसन वार्ड सञ्चालनमा ल्याउने तयारी छ ।
ती स्थानमा भूकम्पपछि बनेका सामुदायिक भवन रहेकाले ठूलो क्षमतामा वार्ड सञ्चालनमा ल्याउन सकिने चापागाईंको भनाइ छ । उहाँका अनुसार यस्ता वार्डमा अत्यावश्यक औषधि, उपकरण र स्वास्थ्यकर्मीको व्यवस्था गरिने छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा आवश्यक औषधि र उपकरणसहित स्वास्थ्यकर्मीलाई तयारी हालतमा राखिएको कार्यालयले जनाएको छ । “अहिलेलाई अत्यावश्यक औषधिको अभाव छैन, स्थानीय तहलाई थप औषधि र उपकरणको व्यवस्थापन गर्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयोे ।
वास सेन्टर राखिने
कोरोना सजगताका लागि बलेफी गाउँपालिकामा वास सेन्टर निर्माण गरिने भएको छ । गाउँपालिका, वडा र बजार क्षेत्रका शौचालयमा सर्वसाधारणका लागि हात धुने ठाउँ तयार गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
कार्यालयमा आउने सेवाग्राही साबुनपानीले हात धोएपछि मात्र सेवा लिन कार्यालयमा प्रवेश गर्नुपर्नेछ । गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बिहीबार बसेको आकस्मिक बैठकले कोरोनाबारे सचेतना र सजगताका लागि यस्तो निर्णय गरेको गाउँपालिका अध्यक्ष केदार क्षत्रीले बताउनुभयो । कोरोनाबारे पर्चा पम्प्लेट छपाएर गाउँबस्तीमा वितरण गरिएको र सरसफाइमा गाउँपालिकाबासीलाई सचेत गराउने उद्देश्यले गाउँपालिका कार्यालय तथा वडा कार्यालयमा वास सेन्टर राख्न लागिएको उहाँले बताउनुभयो ।रासस
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
