
कोरोनाभाइरसका कारण श्रीलङ्काले देशभर शुक्रबार साँझबाट लागु हुने गरी तीनदिने कर्फ्यु लगाएको छ भने आगामी महिनाका लागि तय भएको निर्वाचन स्थगित गरेको छ। श्रीलङ्काले शुक्रबार बेलुकी ६ बजेदेखि सोमवार बिहान ६ बजेसम्म कर्फ्यु लगाएको छ। निर्वाचन अधिकारीले कोरोनाभाइरसका कारण आगामी महिनाका लागि तय गरिएको संसदीय निर्वाचन स्थगित गरेको घोषणा गरेको भोलिपल्ट यो घोषणा गरिएको हो। राष्ट्रपति गोटाबाय राजापक्षेले निर्वाचन सार्नुपर्ने कारण नरहेको बताउँदा बताउँदै पनि निर्वाचन अधिकारीले चुनाव सारेका हुन्।
चेतावनी
राजापक्षेले संसद्मा दुई-तिहाइ बहुमतको अपेक्षा गरेका थिए जसले उनलाई संविधान संशोधन गर्न सहज बनाउँथ्यो। श्रीलङ्कामा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो क्रममा रहेको छ। गएको तीन दिनमा सङ्क्रमितको सङ्ख्या झण्डै दोबर भएपछि कूल सङ्क्रमण सङ्ख्या ६० भन्दा बढी भएको छ। त्यहाँको सरकारी स्वास्थ्य व्यवसायीहरूको सङ्गठनले श्रीलङ्काको अवस्था इटलीको भन्दा जोखिमपूर्ण हुनसक्ने चेतावनी दिएका छन्। बीबीसी
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
