जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोभिड—१९ को जोखिम हुन नदिन ल्यान्डफिल साइट क्षेत्रबाट कवाडी सामान सङ्कलन गर्न निषेध गरेको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोट ककनीको ल्यान्डफिल साइटबाट हरेक दिन कवाडी सामग्री सङ्कलन हुने गर्दथ्यो । विगत १३ वर्षदेखि सो स्थानमा फोहर व्यवस्थापन हुँदै आएको थियो ।
सफाइ कर्मचारीलाई अनिवार्य मास्क, पञ्जा, टोपी र जुत्ता लगाउन आग्रह गरिएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिनुभयो । त्यस्तै आइतबारदेखि विभागको प्रवेशद्वारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिनेभएको छ । टेकुस्थित ट्रान्सफर स्टेशन, सिसडोलस्थित ल्यान्डफिल साइट र फोहर ढुवानी हुने सडकमा कीटनाशक औषधि छर्कने मात्रा बढाइने भएको छ । जोखिमपूर्ण सेवामा काम गर्ने कर्मचारीको बीमा प्रक्रिया विभागले अघि बढाएको छ ।
विभागले आजै एक सूचना जारी गर्दै महानगरवासीलाई जथाभावी फोहर सडकमा ननिकाल्न अनुरोध गरेको छ । कोरोना भाइरसको जोखिममा रहेकाले यस जोखिमपूर्ण अवस्थामा सरसफाइसम्बन्धी काममा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
सूचनामा भनिएको छ, “आ–आफ्नो घर/पसल/उद्योग/कलकारखाना/व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहरलाई कुहिने र नकुहिने भागमा छुट््याएर तोकेको समय र गाडी आएको समयमा मात्र बाहिर निकाल्न आग्रह गरिन्छ ।” विभागले कुहिने फोहरलाई सकेसम्म आफैँ व्यवस्थापन गर्न र नकुहिने फोहर मात्र निश्चित समयमा बाहिर निकाल्न आग्रह गरेको छ । (रासस)
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
