जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसबाट बेलायतमा आज एक पूर्वगोरखा सैनिकको मृत्यु भएको छ ।
सङ्खुवासभा खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लन्डन साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय लीलाबहादुर राईको लन्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
स्रोतका अनुसार राई केही दिनअघि मात्र अस्पतालबाट घर आएका थिए । उपचारपछि फर्किएका राईको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई फेरि अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । उनी कोरोनाका कारण मृत्यु हुने पहिलो नेपाली हुन् । (रासस)
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
