जनस्वास्थ्य सरोकार, काठमाडौं ।कोरोना भाइरस जोखिम न्यूनीकरण गर्न नियमित स्वास्थ्य परीक्षण र शल्यक्रिया चैत मसान्तसम्म बन्द हुने भएको छ । काठमाडौं उपत्यकाका ५० शैय्या र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धी सेवा बन्द गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको हो।
देशै भरका अस्पतालबाट दिइने नियमित आकस्मिक सेवा संचालनमै रहे पनि बिरामीलाई थप जोखिमबाट बचाउन र अनावश्यक भीडभाड कम गर्न स्वास्थ्य मन्त्रालयले विस्तारित स्वास्थ्य सेवा २ हप्ताका लागि रोक्न अनुरोध गरेको छ।
'नियमित चेकअपमा आउने बिरामी तथा पछि गर्दा हुने शल्यक्रिया २ हप्तासम्म रोक्न अनुरोध गर्दछौं', मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।
अस्पतालले ज्वरोको लक्षण भएका बिरामीलाई लक्षित गरी ज्वरो जचाउने क्लिनिक संचालनमा ल्याउने छ। कोरोनाको सम्भावित संक्रमण देखिएमा सोही अस्पतालमा उक्त बिरामीलाई आइओलेसनमा राखी नमूना संकलन गर्ने र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने स्वास्थ्य मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
