जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वका प्रमुख स्थलहरू खाली छन्। विद्यालय बन्द गरिनुका साथै यात्रामा लगाइएको प्रतिबन्ध अनि ठूलो सङ्ख्यामा जम्मा हुन नपाइने सहितका अन्य प्रतिबन्धात्मक व्यवस्थाका कारण निकै व्यस्त रहने स्थानहरू सुनसान देखिन थालेका छन्।
- खोप,
- धेरै मानिसहरूमा रोगप्रतिरोधी क्षमताको विकास, वा
- व्यवहार/समाजको स्थायी परिवर्तन
खोप बन्न कम्तीमा एक वर्ष लाग्छ
खोपले मानिसको रोग प्रतिरोध गर्ने क्षमता बढाउँछ जसले गर्दा उनीहरू बिरामी हुने जोखिम कम हुन्छ। करिब ६० प्रतिशत मानिसहरूलाई नयाँ कोरोनाभाइरस प्रतिरोध गर्न सक्ने बनाइयो भने उक्त भाइरस फैलिन सक्दैन। अमेरिकामा एक व्यक्तिलाई यसै हप्ता पहिलो पटक खोप परीक्षण गरिएको छ। खोपका बारेमा अभूतपूर्व गृहकार्य भइरहेको छ तर यो सफल हुन्छ भन्ने निश्चित छैन। सबैभन्दा सहज अनुमान सबै कुरा सफल र सहज भए पनि खोप बन्न अझै १२ देखि १८ महिना लाग्छ भन्ने हो।प्राकृतिक रोग प्रतिरोधी क्षमता - कम्तीमा दुई वर्ष
धेरै देशहरूको अल्पकालीन योजना रोग सर्न सकेसम्म कम गर्ने र अस्पतालका शैयाहरू खाली राख्ने हो।
सङ्क्रमण कम भएपछि प्रतिबन्धात्मक व्यवस्थाहरू खुकुलो पार्न सकिन्छ।
तर कहिले सङ्क्रमण घट्छ भन्न सकिन्न।
यूकेका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भाल्लेन्स भन्छन्: "स्पष्ट समयरेखा कोर्न सकिने अवस्था छैन।"
तर यसको सङ्क्रमण बढ्दै जाँदा मानिसहरूको शरीरमा यसलाई प्रतिरोध गर्ने क्षमता पनि बढ्दै जान सक्छ।
तर त्यसका लागि वर्षौँ लाग्न सक्छ।
प्राध्यापक नील फर्गुसन भन्छन्: "हामी यसको सङ्क्रमणलाई थोरै मानिसमा मात्र सीमित गर्ने कुरा गरिरहेका छौँ।"
"त्यसका लागि हामीले दुई वर्षसम्म यस्तै अवस्था भोग्यौँ भने धेरै मानिसहरूमा रोग प्रतिरोधि क्षमता विस्तार हुनसक्छ किनभने त्यतिबेलासम्म जनसङ्ख्याको ठूलो समुदायलाई सङ्क्रमण भइसकेको हुनेछ।"
वैकल्पिक व्यवस्था - कहिले भन्ने टुङ्गो छैन
"अर्को विकल्प भनेको हाम्रो व्यवहारमा स्थायी परिवर्तन हो जसले सङ्क्रमण सर्ने दर कम गर्न सहयोग गर्छ," प्राध्यापक वुलहाउसले बताए। जसमा हाल कायम गरिएका कतिपय उपाय कायम राख्ने, व्यापक रूपमा परीक्षण गर्ने वा आइसोलेसन अर्थात् एक्ल्याएर राख्ने उपाय हुन सक्छ। कोभिड-१९ को सफल उपचार गर्न सक्ने औषधि विकास भए अन्य रणनीतिमा सहयोगी भूमिका निर्वाह गर्न सक्छ। त्यसलाई सङ्क्रमणको लक्षण देखा पर्नासाथ प्रयोग गर्न सकिने बताइएको छ। अरूलाई त्यो नसरोस् भनेर गरिने "ट्रान्समिसन कन्ट्रोल" अर्थात् सर्न नियन्त्रण गर्ने प्रक्रियामा त्यसले सघाउ पुर्याउन सक्ने बताइएको छ। यसले प्रतिबन्धात्मक उपाय नगरी थप घटनाहरूसँग जुझ्न सहयोग गर्छ। तर कोभिड-१९ को औषधि बनेर परीक्षण भई प्रयोगमा आउन पनि उत्तिकै समय लाग्छ। यूकेका प्रमुख स्वास्थ्य सल्लाहकार प्राध्यापक क्रिस ह्वीटी भन्छन्: "दीर्घकालीन समाधान भनेको खोप नै हो र आशा गरौँ त्यो सकेसम्म छिटो उपलब्ध हुनेछ।" बीबीसी
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
