जनस्वास्थ्य सरोकार ,काठमाण्डौ – भारतमा आजदेखि जनता कर्फ्यू शुरू भएको छ ।
जनता कर्फ्यूको समयमा अत्यावश्यक बाहेकको काममा घरबाहिर नजान आह्वान गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा केन्द्रदेखि लिएर राज्य स्तरको संस्थामा आइतबार ‘जनता कर्फ्यु’ अर्थात् सबै किसिमका गतिविधिलाई विश्राम दिने कोसिस गरिएको हो ।
प्रधानमन्त्री मोदीले भाइरस सङ्क्रमणको बढ्दो अवस्थालाई ध्यानमा राख्दै सबै जनालाई घरमै रहन अपिल गरेका थिए ।
गएको शुक्रबारको भाषणमा उनले भनेका थिए, ‘आइतबार अर्थात् २२ मार्च तारिखमा बिहान ७ बजेदेखि ९ बजेसम्म सबै नागरिकहरुले जनता कर्फ्युलाई पालना गर्नुपर्छ । आवश्यक पर्दा मात्र घरबाहिर निस्कने गरौँ ।’
यद्यपि औषधिजन्य र आवश्यक सामान बेच्ने पसलहरु पनि खुला रहनेछन् ।
यसैबीच भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ ।
शनिबार ८३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ५ जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
