
प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक प्रत्यारोपणका लागि आवश्यक मिर्गौला दान गर्न भाञ्जी भनिएकी एक महिला अगाडि सरिन्। ओलीले पहिलोपटक मृगौला पनि एक महिलाबाटै पाएका थिए। खासमा प्रधानमन्त्रीका लागि मात्र नभइ घर परिवारका सदस्यलाई मिर्गौला दान दिन परे परिवारका महिला नै अगाडि सर्ने गरेको पाइएको छ। नेपालमा मिर्गौला दान गर्नेहरूमा पुरुषको तुलनामा महिलाहरूको सङ्ख्या धेरै रहेको विभिन्न तथ्याङ्कले देखाएको छ। स्वस्थ महिला वा पुरुष जो कसैले मिर्गौला दिन सक्ने भए पनि 'समाजमा व्याप्त लैङ्गिक विभेद र पुरुषप्रधान सोचका कारण' मिर्गौला दिनेमा महिला बढी र लिनेमा पुरुष बढी देखिँदै आएको चिकित्सकहरू बताउँछन्। आफन्तलाई आवश्यक पर्दा मिर्गौला दिनेमा महिलाहरूको सङ्ख्या धेरै रहे पनि उनीहरूलाई चाहिँदा भने सहज रूपमा पुरुषहरूबाट पाउने अवस्था नरहेको उनीहरूको भनाइ छ।
पीडामा खुशी बुटवलकी दुर्गादेवी विष्टले भक्तपुरस्थित शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा गत साता आफ्नी कान्छी छोरी सम्झनालाई मिर्गौला दिएकी हुन्। पाठेघर फालिसकेको बताउने उनले केही समयअघि पायल्सको शल्यक्रिया गरेकी थिइन्। ६ महिनापछि पित्त थैली फाल्ने योजना रहेको सुनाउँदै उनले आफ्नी छोरीको जीवन र उनको भविष्यको लागि मिर्गौला दिँदा आफूलाई पीडाभन्दा पनि खुशी लागेको बताउँछिन्। 'छोरीका बाबाले मलाई कमजोर छौ नदेऊ भन्नुभएको थियो। तर मैले नै मानिन। म यसै कमजोर उसै कमजोर। मलाई छोरी बचाउनु थियो। अरु केही चाहिन्नथ्यो। अहिले त मभन्दा पनि तगडा भइसकिन्। म खुशी छु।' बाध्यता सोही केन्द्रमा श्रीमानको ज्यान जोगाउन दोलखाकी २९ वर्षीया स्वस्थानी दाहालले पनि मिर्गौला दिएकी छन्। विदेशमा कार्यरत उनका श्रीमान यमु दाहालको मिर्गौला बिग्रिएको पत्ता लागेपछि उनलाई नेपाल फर्काइयो।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
