जनस्वास्थ्य सरोकार, डोटी । जिल्ला प्रशासन कार्यालयले सिलगढीमा रहेको कारागारमा रहेका कैदीबन्दी भेटघाटको कार्यक्रमलाई बन्द गरेको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी भेटघाट बन्द गरिएको हो । अत्यावश्यक परेको खण्डबाहेक अन्य सामान्यतय कैदीबन्दी भेटघाट केही समयका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो ।
त्यस्तै जिल्ला कारागारमा रहेका कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीका लागि दैनिक स्वास्थ्य जाँच गर्न एक छुट्टै स्वास्थ्यकर्मीको टोलीसमेत परिचालन गरिएको छ । उक्त टोलीले कैदी तथा कर्मचारीलाई सामान्य बिरामी हुँदासमेत तत्काल प्राथमिक उपचार गर्ने गरी औषधीसहितको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
कैदीबन्दीलाई अत्यावश्यकरुपमा भेट्न आउनुपर्ने अवस्था सिर्जना भएमा अनिवार्यरुपमा मास्क लगाइ साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर मात्रै भेट्न दिने व्यवस्था गरिएको कारागार प्रशासन प्रमुख राजन केशीले बताउनुभयो ।
निःशुल्क मास्क वितरण
दिपायलस्थित पिपल्ला बजारमा रहेको व्यापारीको संस्था डोटी चेम्बर अफ कमर्सले कोभिड– १९ को जोखिमबाट बच्न निःशुल्करुपमा मास्क वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका अस्पताल तथा बजारमा मास्क पाउन बन्द भएपछि उक्त संस्थाले आफ्नै लगानीमा जिल्ला बाहिरबाट मास्क ल्याएर सर्वसाधारणलाई निःशुल्करुपमा वितरण गर्न थालेको हो ।
सबैले सहजरुपमा मास्कको प्रयोग गर्नसकुन् भनेर आफ्नै लगानीमा मास्क खरिद गरी निःशुल्क वितरण गर्न थालिएको कमर्सका अध्यक्ष खगेन्द्रबहादुर साउदले बताउनुभयो । बजारमा मास्क भएर पनि कालोबजारी गर्ने तथा कृत्रिम अभाव गर्नेको खोजी गरी कानूनी कारवाहीका लागि प्रशासनमा जानकारी दिने कार्य पनि शुरु गरिएको उहाँले जानकारी दिनुभयो । (रासस)
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
