जनस्वास्थ्य सरोकार, लमजुङ । बेंसीशहर नगरपालिका–८ शेरास्थित जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई मास्क वितरण गरिएको छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्नका लागि उच्च सतर्कता अपनाउँदै जिल्ला कारागारले आफ्ना कैदीबन्दीलाई मास्क वितरण गरेको हो । कारागारका सिनियर अहेब राजगीर शाहले चौकीदार दिनेश परियारलाई एकमुष्ट १५० थान मास्क वितरण गर्नुभयो । जिल्ला कास्की कारागारका कैदीबन्दीले बनाएर कारागारलाई निःशुल्क सहयोग गरेको र सो मास्क वितरण गरिएको कारागारले जनाएको छ । कारागारका कैदीबन्दीलाई कोरोनाको सम्भावित सङ्क्रमणबाट बचाउनका लागि केही दिनअघिसाबुन वितरण गरिएको कारागारका सूचना अधिकारी रमेश विश्वकर्माले बताउनुभुयो । त्यस्तै कारागारमा उच्च सतर्कता अपनाउँदै भेटघाटसमेतमा रोक लगाइएको छ । कारागारमा २५ जनाको क्षमता रहे पनि पुरुष ६४ र सात महिला कैदीबन्दी छन् । सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दा र जबर्जस्ती करणी उद्योग मुद्दाका कैदीबन्दी छन् । (रासस)
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

