जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सावधानी र चेतना अभिवृद्धि गर्न सिङ्गो पार्टी पंक्ति र जनसमुदायमा आग्रह गर्नुभएको छ ।
अध्यक्ष दाहालले आज प्रेस नोटमार्फत कोरोनाबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गर्दै पार्टी र सरकारले लिएका नीतिगत र व्यावहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले कोरोना भाइरसको सङ्क्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउनेतर्फ आफ्नो पहल बढाउन सरकारलाई अनुरोध गर्नुभएको छ । यस्तै उहाँले जोखिमसँग जुध्न राष्ट्रिय एकता र उच्च मनोबलका साथ लागिपर्न र यसको सामना गर्न पनि सबैमा अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
