जनस्वास्थ्य सरोकार, सिरहा । कोभिड– १९ सङ्क्रमणको सम्भावित खतरालाई दृष्टिगत गरी भारतसँग जोडिएका दुई नाकाबाहेक सिरहाका सबै नाका आज बिहानदेखि बन्द गरिएको छ । छिमेकी मुलुक भारतमा समेत कोरोना भाइरस फैलिएपछि भारतसँग जोडिएका माड्र र ठाडीबाहेक जिल्लाका सबै नाका आज बिहानदेखि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिनुभयो ।
खुला सीमाका कारण भारतबाट मानिसको ओहोरदोहोरबाट भाइरस भित्रिन सक्ने जोखिलाई मध्यनगर गरि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती दुई नाकाबाहेक सबै सीमा नाका बन्द गरिएको प्रजिअ गुरागाईंले बताउनुभयो । परिस्थिति जटिल बन्दै गए खुला राखिएका ती दुवै नाकासमेत बन्द गर्न सकिने र खुला रहेका नाकामा सुरक्षा निगरानी बढाइनुका साथै दुई÷दुई हेल्थ डेस्क राखिएको बताइएको छ ।
यस्तै कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरी सिरहामा १५ आइसोलेसन कक्ष तयार पारिएको छ । सदरमुकामस्थित जिल्ला अस्पताल, धनगढीमाई नगरपालिकास्थित आरके मेडिसिटी अस्पताल र कर्जन्हा नगरपालिकास्थित फुलकुमारी मेमोरियल अस्पतालमा पाँच÷पाँच श्यया गरी १५ श्ययाका आइसोलेसन कक्ष तयार पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
