जनस्वास्थ्य सरोकार, भद्रपुर । भारतले ‘जनता कफ्र्यु’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ । सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत ठप्प भएका छन् । आज बिहानदेखि भारत सरकारले आफ्नो देशमा जनता कफ्र्यु लगाउँदा हवाई, रेल तथा स्थल यातायात बन्द भएको कारण सीमामा आवतजावत ठप्प बनेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नेत्र कार्की बताउनुहुन्छ ।
कोरोना भाइरस फैलिने सन्त्रास बढेको बेला भारतको कफ्र्युले नाका ठप्प हुँदा नेपाललाई फाइदा नै पुगेको उहाँको धारणा छ । उहाँका अनुसार भारतबाट यात्रु आउने क्रम रोकिएको छ । काँकडभिट्टा नाकामा नेपाली सुरक्षाकर्मीले पनि कडाइ गरेको पाइएको उहाँले बताउनुभयो । नेपाली सुरक्षाकर्मीले भारततिर अनावश्यकरुपमा जाने र नाकामा रमिता हेर्न आउनेलाई फर्काएर राम्रो गरेको उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले नाकामा नेपालले बन्द नगरेको तर भारतमा लगाइएको ‘जनता कफ्र्यु’ले ओहोरदोहोर ठप्प बनेको जानकारी आएको बताउनुभयो । नाका बन्द गर्ने विषय सङ्घीय सरकारको क्षेत्राधिकारभित्र भएको जनाउँदै हालसम्म केन्द्रबाट त्यस्तो बन्दको निर्देशन नआएको उहाँको भनाइ छ ।
नागरिक यातायात प्रालिका सञ्चालक राम थापाले यात्रु घटेकाले बस सेवा कटौती गरिएको जनाउँदै १५ वटामध्ये आज पाँच वटा मात्र छोटो दूरीमा चलाइएको उहाँले जानकारी दिनुभयो । चलाइएका बसमा समेत यात्रु नभएर खाली कुदाउनु पर्दा ठूलो घाटा व्यहोर्नु परिरहेको उहाँ बताउनुहुन्छ ।
काँकडभिट्टासँग सीमा जोडिएको भारतको पानीटङ्की नाकाका खटिएका पश्चिम बङ्गाल प्रहरीका सहायक निरीक्षक किशोर क्षेत्रीले सीमावर्ती बजार र गाउँ ‘जनता कफ्र्यु’का कारण पूरै बन्द रहेको बताउनुभयो । बजार, यातायातलगायत सबै बन्द रहेको र सर्वसाधारण घरभित्रै बसेको हुँदा नाकामा ओहोरदोहोर ठप्प रहेको उहाँको भनाइ छ ।
छिमेकी मुुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण फैलिएका कारण सीमानाका नेपाल सरकारले अविलम्ब बन्द गरे सङ्क्रमण भित्रिने जोखिम कम हुने भन्दै सीमा क्षेत्रका बासिन्दाले माग गर्दै आएका छन् । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले समेत नाकालाई सरकारले बन्द गर्नुपर्ने अवस्था भइसकेको बताउनुहुन्छ । उहाँले प्रदेश नं १ सरकारलाई मेचीनगर नगरपालिकाका तर्फबाट काँकडभिट्टा नाका बन्द गराइदिन ध्यानाकर्षण गराइसकेको बताउनुभयो ।(रासस)
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
