जनस्वास्थ्य सरोकार, घोडाघोडी । घोडाघोडी नगरपालिकाले कोभिड–१९ को सम्भावित जोखिमबाट बच्न १३ श्ययाको आइसोलेसन वार्ड बनाउने भएको छ । नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । कार्यपालिकाले बढ्दो जोखिमलाई मध्यनजर गर्दै ४८ घण्टाभित्र वडा नं १ स्थित एक घर भाडामा लिइ आइसोलेन वार्ड बनाउने भएको हो । कार्यपालिका बैठकले १३ श्ययाको आइसोलेसन वार्ड बनाउने निर्णय गरेको नगरप्रमुख ममताप्रसाद चौधरीले जानकारी दिनुभयो । प्रमुख चौधरीले आइसोलेसन वार्ड निर्माणका साथै नगरपालिकाका मुख्य चार स्थानमा साबुन पानीले हात धुने व्यवस्था गर्न लागिएको बताउनुभयो । नगर प्रमुख चौधरी संयोजक रहेको १७ सदस्यीय कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदलसमेत गठन गरिएको छ । रासस
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६

