जनस्वास्थ्य सरोकार, भद्रपुर । व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति (पुरुष) आजदेखि घरमै स्वनिगरानी (क्वारेन्टाइन) मा बस्नुभएको छ । निगरानीमा बस्ने कार्यको जनस्वास्थ्य कार्यालयले प्रशंसा गर्दै उहाँलाई प्राविधिक सहयोग पु¥याएको छ ।
भद्रपुर नगरपालिका–६ का ३७ वर्षीय ती व्यक्ति शनिवार काठमाडौँबाट विराटनगर विमानस्थल हुँदै घर फर्किनुभएको थियो । उहाँले घरमा पुगे लगत्तै नगरपालिकाको विपद् व्यवस्थापन समितिमा सम्पर्क गरेर आफूले ‘सेल्फ क्वारेन्टाइन’मा बस्न चाहेको बताउनुभएको थियो ।
आज जनस्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाई र विपद् व्यवस्थापन समितिको स्वास्थ्यकर्मीसहितको टोली उहाँको घरमा पुगेको थियो । उहाँको स्वास्थ्य सामान्य रहेको बताउँदै अधिकृत चौलागाईँले भन्नुभयो, “सचेत व्यक्ति हुनुहुँदोरहेछ, आफैँ सम्पर्क गरेर सेल्फ क्वारेन्टाइनमा बस्छु भन्नुभयो र हामीले उहाँकै घरको एक कोठामा आवश्यक सामान जुटाएर उहाँलाई राख्यौँ ।”
उहाँ २० दिनअघि व्यक्तिगत कामले थाइल्याण्ड जानुभएको थियो । उहाँलाई समितिले तयार गरेको वडा नं ८ मा रहेको कलबलगुढी क्वारेन्टाइनमा बस्न अनुरोध गरिए पनि आफैँ घरमा बस्ने इच्छा व्यक्त गरेपछि घरमै बस्ने वातावरण तयार गरिएको अधिकृत चौलागार्इँले बताउनुभयो । उहाँको स्वास्थ्य नियमित परीक्षण गरिने उहाँको भनाइ छ । (रासस)
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
