जनस्वास्थ्य सरोकार, घोराही । घोराही उपमहानगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन नगरको प्रवेशमा कडाइ गरेको छ । उपमहानगरले घोराही क्षेत्रमा कोभिड– १९ को त्रास फैलिन नदिन यस क्षेत्रमा प्रवेश गर्ने यात्रुलाई अनिवार्य स्वास्थ्य जाँच शुरु गरेको छ । उपमहानगरपालिकाले बजार प्रवेश गर्ने क्षेत्र कुइरेपानीमा यात्रुको स्वास्थ्य जाँच शुरु गरेको हो ।
कोरोना भाइरसको सङ्क्रमण भित्रन नदिन बजार क्षेत्रको नाकामा स्वास्थ्य जाँच सहायता कक्ष नै स्थापना गरिएको जनस्वास्थ्य अधिकृत विकेश रेग्मीले जानकारी दिनुभयो । उपमहानगरले शनिबारदेखि शुरु गरेको स्वास्थ्य जाँचको पहिलो दिन मात्रै करिब २०० गाडीका यात्रुको ज्वरो मापन र अन्य स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको थियो । जाँचका क्रममा कुनै पनि व्यक्तिमा ज्वरो, खोकी जस्ता समस्या नदेखिएको रेग्मीको भनाइ छ ।
उपमहानगरपालिकाले कुइरेपानीमा डा सुवर्ण बुढामगरसहित स्वास्थ्यकर्मीलाई खटाई घोराही प्रवेश गर्ने नागरिकको ज्वरोसँगै अन्य स्वास्थ्य अवस्थाका बारेमा जाँच गर्ने शाखा प्रमुख नारायणप्रसाद घर्तीले जानकारी दिनुभयो । पश्चिम क्षेत्रबाट घोराही प्रवेश हुने नारायणपुरमा डा प्रितम डिसीको नेतृत्वमा स्वास्थ्यकर्मी टोलीलाई खटाइएको छ ।
उपमहानगरले स्वास्थ्य जाँचका क्रममा शङ्कास्पद लक्षण देखिए त्यस्ता व्यक्तिलाई राख्नका लागि तीन स्थानमा आइसोलेसन कक्षको स्थापना गरेको छ । जसअन्तर्गत वडा नं ३ को कुइरेपानीस्थित प्रेरणाका लागि अभियान नेपालको भवन, वडा नं १० स्थित साविक त्रिपुर नगरपालिकाको भवन र वडा नं १६ स्थित बाल अस्पतालको भवनलाई प्रयोग गर्ने तयारी गरेको छ । रासस
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
