जनस्वास्थ्य सरोकार, कास्की । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै पोखरामा रक्तदानका कार्यक्रम सञ्चालन हुन थालेका छन् । गत हप्ता पाँच वटा कार्यक्रम स्थगन हुँदा रगतको अभाव देखिएको थियो । अहिले सामान्य भएको र कार्यक्रमसमेत नियमित हुन थालेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले जनाएको छ । रगत अभाव भएपछि विभिन्न सङ्घसंस्थाले आकस्मिक कार्यक्रम आयोजना गरेका थिए । यहाँ प्रदेशका ११ वटै जिल्लाबाट उपचारका लागि आउने बिरामीको गर्दछन् । यहाँ ‘रिफरल अस्पताल’ समेत रहेका छन् । यहाँ दैनिक ७० युनिट रगत माग हुने गरेको बताइएको छ । यही चैत १५ गतेसम्मका लागि विभिन्न सङ्घसंस्थाको आयोजनामा गरिने रक्तदान कार्यक्रमको तालिका रहेकाले त्यस्ता कार्यक्रमलाई स्थगन नगर्न केन्द्रले आग्रहसमेत गरेको छ । केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले सम्भव भएसम्म नियमित रक्तदानका कार्यक्रम हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गत हप्ता पाँच वटा कार्यक्रम स्थगित हुँदा बजारमा रगतको अभाव भयो । अहिले १५ गतेसम्मलाई क्यालेडरमा छ । कोरोनाको जोखिमले वार्षिक कार्यक्रम स्थगित नगर्नुहोस् भनेका छौँ । आवश्यकता हेरेर रक्तदान गरे सहजरूपमा मागको पूर्ति हुने अवस्था छ ।” शनिबार पोखरामा दुई संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ९५ युनिट रगत सङ्कलन भएको छ । विशाल को–अपरेटिम संस्था लिमिटेडको कार्यक्रमबाट ६१ युनिट तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा–८ ले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ३४ युनिट सङ्कलन भएको बताइन्छ । सोसाइटीले रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणसहितको बस सञ्चालनमा ल्याएपछि बसभित्रै रक्तदान गर्ने व्यवस्था मिलाइएको छ । (रासस)
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३

