जनस्वास्थ्य सरोकार । कोरोना भाइरसको जोखिमका कारण कुवेत सरकारले अनिश्चितकालका लागि कर्फ्यु लगाएको छ । २२ मार्च अथवा आइतबारदेखि प्रत्येक दिन बेलुकी पाँच बजेदेखि बिहान चार बजेसम्म कर्फ्यु लाग्ने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ । कर्फ्युको पालना नगरेमा तीन वर्ष जेल र १० हजार कुवेती दिनार जरिबाना हुनेछ ।
कुवेतमा कार्यरत सबै नेपाली श्रमिकलाई यो समयमा बाहिर ननिस्कन र कर्फ्युको पालना गर्न दूतावासले आग्रह गरेको छ । यस्तै यसअघि कुवेतले सरकारी निकायदेखि निजी कम्पनीहरु २६ मार्चसम्म बन्द हुने निर्णय गरे पनि त्यसमा थप दुई हप्ता समय थपेको छ ।
कुवेतमा आइतबार बेलुकीसम्म १८८ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । ७२ जना निको भएर घर फिरेका छन् भने १६१ जना अस्पतालमा उपचाररत छन् ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
