जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले सोमबारदेखि भारत र चीनसँगका सबै नाका एक साताका लागि पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
पछिल्ला दिनमा भारतबाट हुलका हुल नेपाली घर फर्कन थालेपछि जोखिम बढेको भसरकारको निष्कर्ष रहेको छ ।
यस्तै सरकारले कोरोनाको सम्भावित संक्रमणबाट बच्न र आवश्यक सामग्री खरिद गर्न प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रिय कोष खडा गर्ने निर्णय गरेको छ।
उक्त कोषमा सरकारले ५० करोड राख्ने र मन्त्रीहरूले एक महिनाको तलब दिने, कोषमा देश विदेशबाट सहयोगका लागि सरकारले आह्वान गर्ने निर्णय भएको छ।
कोषले कोरोना नियन्त्रणका लागि आवश्यक औषधि, उपकरण खरिददेखि क्वारेटाइन व्यवस्थापनका लागि काम गर्नेछ। यस्तै सरकारले अन्तर्राष्ट्रिय हवाई यात्री सेवामा पनि पूर्ण रोक लगाउने निर्णय गरेको छ। यसअघि कोरोना संक्रमित मुुलुकमा हवाई सेवा बन्द गरिएको थियो। कार्गोलगायत अत्यावश्यक बस्तु आयात निर्यातका लागि मात्र अन्तर्राष्ट्रिय हवाई सेवा जारी राख्ने र यात्री सेवामा पूर्ण रोक लगाइएको हो।
हवाई सेवालाई अत्यावश्यक सेवामा राखिएकाले आन्तरिक हवाइसेवा भने नरोकिने निर्णय भएको छ।
सरकारले लामो दुरीका सार्वजनिक यातायात सेवामा सोमबारबाट रोक लगाउने निर्णय गरेको छ। उपत्यकाभित्र भने सार्वजनिक यातायात यथावत सञ्चालन गर्न दिने र निजी यातायातका साधनमा रोक नलगाउने निर्णय गरेको छ।
‘निजी यातायातले बदमासी गरी उपत्यका बाहिरबाट यात्री ओसारेको पाइए कानुनी कारवाही गरिने छ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
