जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड १९ को रोकथाम र जोखिम न्यूनीकरणमा सिङ्गो मुलुक केन्द्रित भएका बेला नेपाल बैङ्कले नेपाल सरकारको पहललाई साथ दिन रु एक करोड रकम प्रदान गर्ने भएको छ ।
मानवीय विपत्का घडीमा देशमा कोभिड–१९ को सम्भावित संक्रमण, रोकथाम र नियन्त्रण गर्न सरकारले गरेको पहलकदमीलाई साथ दिन उक्त विपद्बाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारले निर्धारण गरेको उपयुक्त कोषमा जम्मा हुने गरी प्रदान गरिने भएको हो । बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको बैँकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
