जनस्वास्थ्य सरोकार । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।
आइतबार मात्रै इटालीमा थप ६ सय ५१ जनाको मृत्यु भएको छ। त्यस्तै आइतबार थप ५ हजार ५ हजार ५ सय ६० जनामा संक्रमण देखिएको छ। शनिबारको तुलनामा केही कम भए पनि इटालीमा मृतक र संक्रमितको संख्या लगातार बढिरहेको छ । आइतबार अहिलेसम्मकै बढी ७ सय ९३ जनाको मृत्यु भएको थियो । सोमबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ भने ५९ हजार १ सय ३८ जना संक्रमित भएका छन्।
त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार ७ सय ५६ पुगेको छ। आइतबार इटालीपछि स्पेनमा सबैभन्दा बढी ३ सय ७५ को मृत्यु भएको छ। स्पेनमा आइतबार ३ हजार १ सय ७ संक्रमित थपिएका छन्। सोमबार बिहानसम्म स्पेनमा संक्रमितको संख्या २८ हजार ६सय ३ रहेको छ।
त्यस्तै फ्रान्समा पनि आइतबार मात्रै थप ११२ जनाको मृत्यु भएको छ भने एक हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ। फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ सय ७४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार १८ जना संक्रमित भएका छन्। त्यस्तै आइतबार बेलायतमा ४८, नेदरल्यान्ड्समा ४३, जर्मनीमा १०, बेल्जियममा ८ र स्विजरल्यान्डमा १८ जनाको मृत्यु भएको छ।
त्यस्तै पश्चिम एसियाली मुलुक इरानमा आइतबार मात्रै १२९ जनाको मृत्यु भएको छ भने एक हजार २८ जनामा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म इरानमा मृत्यु हुनेको संख्या एक हजार ६ सय ८५ पुगेको छ भने २१ हजार ६ सय ३८ जनामा संक्रमण देखिएको छ।
त्यस्तै अमेरिकामा पनि आइतबार अहिलेसम्मकै बढी ११७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै अमेरिकामा ९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ। सोमबार बिहानसम्म अमेरिकामा मृत्यु हुनेको संख्या ४१९ पुगेको छ भने संक्रमितको संख्या ३३ हजार ५ सय ४६ रहेको छ।
सोमबार बिहानसम्म चीनमा ३ हजार २ सय ६१ जनाको मृत्यु भएको छ भने ८१ हजार ५४जनामा संक्रमण देखिएको छ। पछिल्लो समय चीनमा संक्रमण र मृत्यु हुनेको संख्या निकै घटिरहेको छ। चीनमा ७२ हजारभन्दा बढी व्यक्ति निको भइसकेको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ।
आइतबार मात्रै कहाँ कति मृत्यु?
इटाली– ६५१
स्पेन – ३७५
इरान– १२९
फ्रान्स – ११२
अमेरिका– ११७
बेलायत– ४८
नेदरल्यान्ड्स – ४३
जर्मनी – १०
बेल्जियम – ८
स्विजरल्यान्ड – १८
दक्षिण कोरिया – २
इन्डोनेसिया – १०
टर्की - ९
ब्राजिल - ८
फिलिपिन्स - ६
इजिप्ट - ४
रोमानिया, इराक - ३
हंगेरी, भारत, अल्जेरिया, पोल्यान्ड, ग्रीस, मलेसिया, ट्युनिसिया, पोर्चुगल - २/२ जना
स्विडेन, क्यानडा, गुआम, चेक गणतन्त्र, बुर्किनाफासो, एन्डोरा, मोरक्को, नर्थ म्यासेडोनिया, सर्बिया. बहराइन, पाकिस्तान, अफगानिस्तान, सर्बिया - १/१ जना
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
