जनस्वास्थ्य सरोकार, बागलुङ । नोबेल कोरोना भाइरस (कोभिड-१९) संक्रमित फ्रान्सबाट फर्किएकी किशोरीसँगै आएका बाग्लुङ ढोरपाटनका युवा घरमै रहेको पाइएको छ। गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइए देखिएको सोमबार सार्वजनिक भएको थियो।
उनीसँगै जहाजमा आएका ढोरपाटन नगरपालिका-५ अधिकारीचौरका एक युवालाई विशेष निगरानीमा राख्न पहल थालिएको छ। ती युवा फ्रान्सबाट आएर एकरात काठमाडौंमा बसी भोलीपल्ट गृह जिल्ला प्रस्थान आएका थिए। अहिले उनी आफ्नै जन्मगाउँमा रहेका छन्। उनी कोरोना संक्रमण भएका किशोरीसँगै आएको खबर पछि गाउँले भयभित भएका छन् ।
घरमा रहेका उनलाई पैदल यात्रामार्फत मंगलबार बुर्तिबाङ बजारमा ल्याइने ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिए। ‘विदेशबाट आएका ती युवा गाउँमै रहेको सूचना आएको छ, यो अवधिमा उनले कतिसँग हात मिलाए, भेटघाट गरे। यो जोखिमपूर्ण विषय हो’ मेयर नेपालीले भने,‘त्यसैले वडाअध्यक्षमार्फत अहिले बुर्तिबाङ बजार ल्याउँदैछौं,। त्यसपछि आइसोलेसनमा राखेर परीक्षण, उपचार लगायतका प्रक्रिया अघि बढाइने मेयर नेपालीले बताए।
संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । अन्नपूर्णपोष्टबाट
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
