नेभिगेशन

औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको अपिल

जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले विश्वभर द्रुत गतिमा बढ्दै गएको कोरोना भाईरस (कोभीड—१९) को संक्रमणले उत्पन्न गरेको विकराल परिवेशलाई ध्यानमा राखी नेपालमा उच्च सतर्कता अपनाउन नेपाल सरकारले गरेका निर्णयहरुप्रति एक्यवद्धता जनाएको छ । शाखाले सम्बन्धित व्यवसायी एवं फर्मासिष्टहरुलाई व्यवसायिक क्षेत्रमा जाँदा परिचय खुल्ने व्यवसायीक कार्ड तथा नेपाल सरकारले उपलब्ध गराएका प्रमाणपत्रहरु अनिवार्य बोक्न अनुरोध गरेको छ । शाखाले औषधि सम्बन्धि व्यवसायिक क्षेत्रमा काम गर्ने कर्मचारीहरुको सन्दर्भमा परिचय निर्माणका लागि सहज वातावरण सिर्जना गर्न विशेष पहल गरिरहेको जनाएको छ । काठमाडौं जिल्ला शाखाका महासचिव शुभ मान श्रेष्ठले भन्नुभयो—‘सो पवित्र कार्यमा मानवीय संवेदनशीलता जस्तो महत्वपूर्ण पक्षलाई स्मरण गरी सर्वप्रथम आफू सुरक्षित रही सेवाभावलाई आत्मसात गर्दै सेवाग्राहीहरुको स्वास्थ्य उपचार सेवामा निरन्तरता दिन सम्पूर्ण व्यवसायी तथा फर्मासिष्टज्यूहरुमा अपिल गर्दछौं ।’ साथै शाखाले फार्मेसीको पेरिफेरिमा अत्यधिक मात्रामा हुने चाप कम गर्न सेवाग्राहीहरुले अत्यावश्यक परिस्थिति सिर्जना नहुन्जेलसम्म सञ्चार माध्यमहरुको सदुपयोग गरी सरसल्लाह र सुझाव लिन अनुरोध गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट