जनस्वास्थ्य सरोकार, चितवन । भरतपुर कोरोना अस्पतालमा राखिएका एक जना विरामीको मृत्यु भएको छ। उपचारको क्रममा मंगलबार बिहान ७ बजे विरगञ्जका ३० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन्। उनी चैत्र ९ गते साँझ कोरोना अस्पताल भर्ना भएका थिए। यादवलाई चितवन मेडिकल कलेजले रिफर गरेर कोरोना अस्पताल पठाएको थियो।
यादव किड्नीका रोगी थिए। किड्नीमा लाग्ने रोग लुपस भएका उनलाई ज्वरो र निमोनिया देखिएपछि कोरोना अस्पताल रिफर गरिएको थियो। उनको स्वाप थ्रो परिक्षणका लागि मंगलबार काठमाठौ पठाइएको छ। उक्त रिपोर्ट आएपछि मात्रै मृत्युको कारण पहिचाना हुने कोरोना अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। ‘किड्नीमा लाग्ने लुपस देखिएको छ’ डा. अधिकारीले भने ‘ कोरोना हो कि होइन अहिले भन्ने अवस्था छैन्। रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ।’
उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका उनलाई रक्त अल्पताको आशंका पनि गरिएको छ। मिर्गौलाले काम गर्न छोडेपछि मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनी २ वर्षदेखि मिर्गौला रोगले ग्रसित थिए। उनलाई कोरोनाको आशंकामा आइसोलेसनमा राखिएको थियो।
मृतक केहिदिन अघि मात्रै कोरोनाको लक्षणसँग मिल्दो जुल्दो समस्या लिएर अस्पताल पुगेका थिए। उनको स्वाब परीक्षणका लागि सोमबार काठमाडौं पठाएको बताइएको छ।
कोरोना अस्पतालको जनरल वार्डमा राखिएका उनलाई स्वास्थ्यमा थप समस्या भएपछि विहान मात्रै आईसियुमा सारिएको थियो।अन्नपूर्णपोष्टबाट
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
