जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाली सेनाले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिनमा टुँडिखेलमा आयोजना गर्ने घोडेजात्राका सबै कार्यक्रम कोरोना भाइरसको सङक्रमणके जोखिमका कारण स्थगन गरेको छ ।
सोमबारसम्म जात्राको तयारी गरिएकामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि सरकारले मङ्गलबारदेखि देशभर लकडाउन गरेको छ । लकडाउनका कारण नेपाल प्रहरी खटिइसकेकाले आदेश आएमा प्रहरीको सहयोगका लागि खटिन तयारी अवस्थामा बस्नुपरेको उल्लेख गर्दै घोडेजात्राको कार्यक्रम स्थगित गरिएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले राससलाई जानकारी दिनुभयो । जात्राको प्रभावले थप सङ्क्रमण फैलन सक्ने भएकाले पनि यस वर्ष रोक्नुपर्ने अवस्था आएको सेनाले जनाएको छ । जात्राका लागि टुँडिखेलमा सेनाले सबै तयारी पूरा गरेको थियो । विगत वर्षमा घोडेजात्रामा २४ खेल प्रदर्शन गर्ने गरेकामा यस वर्ष १५ खेलमात्र प्रदर्शन गर्ने सेनाको तयारी थियो । यसका लागि अभ्यास र साजसजावट लगायत तयारी पनि पूरा भएको थियो ।
विशिष्ट अतिथि, अतिथि लगायत नबोलाई सीमित मानिसका बीच सेनाले यस वर्ष साङ्केतिक रुपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको थियो । साङ्केतिक रुपमा पनि मनाउन उपयुक्त वातावरण नदेखिएपछि स्थगन गरिएको हो ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । कोरोना भाइरसका सन्त्रासका कारण सबैतिरका घोडेजात्रा प्रभावित भएका छन् (रासस)
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी फेरि अनशनमा
बिहीबार, साउन ७, २०८३ट्रेन्डिङ
