जनस्वास्थ्य सरोकार, काठमाडौं । अमेरिकाको न्यूयोर्कमा एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
उनी नजिकका स्रोतका अनुसार, एक हप्ता देखि अस्पतालमा उपचार गराइरहेका पाँचथर रानीगाउँका ५० वर्षीय अनिल लिम्बुको मृत्यु भएको हो । लिम्बुलाई कोरोनाको संक्रमण देखिएको थियो ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले पनि लिम्बुको मृत्यु कोरोनाकै कारण भएको जनाएका छन् । अमेरिकामा कोरोना संक्रमणबाट ५८२ जनाको मृत्यु भइसकेको छ ।
१ मार्च देखि अमेरिकामा कोरोनाको संक्रमण देखिएको थियो । छोटो अवधिमै अमेरिकामा ४६ हजार बढीमा संक्रमण देखिसकेको छ । त्यस मध्ये एक हजार बढी गम्भीर बिरामी छन् ।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
