जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसनमा राखेर चिकित्सकले चौबिसै घण्टा निगरानी बढाएका छन्।
कोरोना भाइरस पोजेटिभ संक्रमण भएकी किशोरीसहित ६ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। अन्य १० जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
उनका अनुसार हालसम्म ६ सय १० वटा नमुना परीक्षण गरिएको छ। तीमध्ये दुई वटा पोजेटिभ आएको छ। पछिल्लो चौबिस घण्टामा कोरोना भाइरससँग सम्बन्धित विषयमा ५ हजार दुई सय ३१ वटा कल आएको उनले बताए।
मुलुकका ठूला अस्पतालमा भीडभाड घटाउन विस्तारित सेवा बन्द गर्न निर्देशन दिइएको डा.देवकोटाको भनाइ छ। दुई सातापछि जचाउन आउँदा पनि फरक नपर्ने खालको फलो अप बिरामीलाई नबोलाइने भएको छ। नियमित जाँच एवं शल्यक्रिया बन्द गरिएको डा. देवकोटाले बताए।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
