जनस्वास्थ्य सरोकार, भैरहवा । प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ । भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा प्रदेशस्तरीय प्रयोगशाला बनाउन थालिएको हो । प्रयोगशाला बनाउन गहुँबाली अनुसन्धान केन्द्रको एउटा भवन निश्चित गरी काठमाडौंबाट विशेषज्ञ प्राविधिक बोलाइएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजेन्द्र गिरीले बताए ।
रियल टाइम पीसीआर मेसिन लगायत उपकरण जडान गरेपछि एक हप्ताभित्रमा प्रयोगशालामा सञ्चालनमा ल्याउन सकिने गिरीले बताए । प्रदेशमा कोभिड–१९ को परीक्षणका लागि प्रयोगशाला नहुँदा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनुपर्ने बाध्यता छ । देशभरिका नमूना परीक्षण गर्नुपर्दा रिपोर्ट आउन झण्डै एकहप्ता लाग्ने र बिरामीको उपचार प्रभावित भएको छ ।
‘कोरोना मात्र नभई भविष्यमा अन्य संक्रामक रोगहरुको परीक्षणका लागि पनि प्रयोगशाला चाहिने भएकाले अन्तर्राष्ट्रिय मापदण्डको र सुविधासम्पन्न बनाउने लक्ष्य छ,’ सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने । सरकारले भैरहवाको भीम अस्पतालको एउटा ब्लकलाई कोरोना उपचार केन्द्रको रुपमा स्थापना गर्न लागेको समेत मन्त्री बरालले बताए ।
३० बेडको ब्लकमा कोभिड–१९‘पोजिटिभ’ का बिरामीलाई मात्र उपचार गर्ने गरी काम भइरहेको पनि उनले बताए ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
