जनस्वास्थ्य सरोकार, काठमाडौं। कोरोना भाइरस संक्रमित युवक र युवती दुवैजनाको ज्वरो नभएको र साधारण खोकीमात्र भएको खुलेको छ । दुवैजनालाई ठूलो समस्या नभएकोले परीक्षणपछि कोरोना भाइरस संक्रमण मुक्त भएपछि घर पठाइने बुझिएको छ ।
इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार दुवैजनालाई कम्तिमा एक हप्ता राखिनेछ । उनले भने, ‘उहाँहरुको अवस्था एकदमै सामान्य छ ।’ दुवैलाई सुरुमा अलिकति ज्वरो आएको पाण्डेले जानकारी दिए । उनले भने, ‘उहाँहरुलाई अझै एक हप्ता हस्पिटलमा राखेर अन्तिममा फेरि जाँचेर पुरै नेगेटिभ रिपोर्ट आएपछि मात्रै घर फर्काउनुपर्ने भएको हुनाले अझै एक हप्ता राख्ने हो । उहाँहरुको अवस्था एकदमै सामान्य छ ।’
संक्रमित युवतीको अवस्था त धेरै राम्रो भइरहेको उनले बताए । उनले युवतीका बारेमा भने, ‘उहाँ त धेरै सचेत हुनुहुन्छ । उहाँ घरमा पनि सचेत अवस्थामा बस्नुभयो । हस्पिटलमा आएर पनि हामीलाई प्रष्ट जानकारी दिनुभयो ।’
युवकको उपचार समय दुई हप्ताको हुने समेत बताए । दुई हप्तापछि पुनः चेकजाँच गर्दा संक्रमणमुक्त भएपछि घर पठाउने बताए ।
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
तीस लाख नेपालीलाई बाथ रोगको समस्या
सोमबार, असोज २६, २०८३
सेती प्रादेशिक अस्पताल सुधारका लागि २५ करोड ५० लाख बजेट विनियोजन
सोमबार, असोज २६, २०८३
मानसिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेका छौँ : स्वास्थ्यमन्त्री
सोमबार, असोज २६, २०८३
स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा तीन जना नियुक्त
सोमबार, असोज २६, २०८३
कांग्रेस महामन्त्रीमा प्रदीप, उदय र डिला निर्वाचित
सोमबार, असोज २६, २०८३ट्रेन्डिङ
३
६
